site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कुनै बेला जेफ बेजोसकी प्रेमिकाले मोटी भएकै कारण जागिर पाएकी थिइनन् !
Sarbottam CementSarbottam Cement

न्युयोर्क । विश्व चर्चित व्यापारिक कम्पनी अमेजनका प्रमुख जेफ बेजोसकी प्रेमिका लरेन सान्चेजलाई कुनै समय उनको धेरै शारीरिक वजनका कारण साउथवेस्ट एयरलायन्सले फ्लाइट एटेन्डेन्टको जागिर दिन अस्वीकार गरेको बुझिएको छ । 

पत्रकार तथा हेलिकोप्टर पाइलटसमेत रहेकी ५३ वर्षीया सान्चेजले डब्ल्यूएसजे म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा सन् १९८९ मा साउथवेस्टको वजन सीमाका लागि लायक बन्न आफूले वजन भने नघटाएको बताएकी छन् । उनी १८ वर्षको उमेरमा फ्लाइट एटेन्डेन्ट बन्ने आशामा घर छाडेर लस एन्जेल्स पुगेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सान्चेजले त्यतिबेला जागिरका लागि वजन ११५ पाउन्ड हुनुपर्नेमा आफ्नो वजन भने १२१ पाउन्ड रहेको स्मरण गरेकी छन् । 

सन् १९८९ यता साउथवेस्टका नियमहरूमा परिर्वतन आइसकेका छन् । अहिले यस जागिरका लागि एयरलाइनले राखेका योग्यतामा उम्मेदवारको न्यूनतम उमेर २२ वर्ष र शारीरिक स्वरूप आकर्षित हुनुपर्ने तथा पचास पाउन्ड वजनको समानसमेत जुरुक्क उचालेर यताउता राख्न सक्ने हुनुपर्ने जस्ता कुरा उल्लेखित छन् । अमेरिकामा महिलाहरूलाई हलिउडमा काम पाउन पनि शरीरको वजनले ठूलो भूमिका खेलेको हुन्छ । 

Global Ime bank

सान्चेजले भनेकी छन्, “यदि अहिले मलाई कुनै एयरलाइनले शरीरको वजनकै कारण जागिर अस्वीकार गरेमा मैले भन्ने थिएँ– म स्टेवार्डेस होइन, पाइलट बन्न चाहन्छु ।"

याहु लाइफबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC