site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल भ्रमणका लागि स्कटल्यान्ड टिममा दुई नयाँ अनुहार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्डले बिहीबार दुई नयाँ अनुहारलाई समेट्दै आफ्नो टिम घोषणा गरेको छ ।

अर्को महिना हुने प्रतियोगिताका लागि स्कटल्यान्डका मुख्य प्रशिक्षक शेन बर्गरले नयाँ अनुहार अलराउन्डर ज्याक जर्विस र लियाम नेलरलाई टिममा समेटेका छन् । प्रशिक्षक बर्गरको भने नेपाल भ्रमण स्कटल्यान्डका लागि अन्तिम हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

जुन र जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको स्कटल्यान्ड प्रतियोगितामा ३२ खेलबाट ४६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल भ्रमणमा स्कटल्यान्डले आयोजक र नामिबियासँग गरी चार एकदिवसीय खेल खेल्नेछ । नेपाल २४ खेलबाट १८ अंकसहित छैटौँ स्थानमा छ ।

१९ वर्षीय जर्विसले अहिले ग्रान्जबाट क्लब क्रिकेट खेलिरहेका छन् । उनले यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

Global Ime bank

यस्तै, २१ वर्षीय नेलरले एडिनबर्ग नेपियर विश्वविद्यालयबाट युवा करियर सुरु गरेका थिए । उनी अहिले रोयल हाई कास्र्टोर्फिनबाट क्लब क्रिकेट खेलिरहेका छन् ।

प्रतियोगिता फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।  स्कटल्यान्डको १५ सदस्यीय क्रिकेट टोली फेब्रुअरी ८ मा नेपाल आउनेछ ।

टिम स्कटल्यान्ड
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उपकप्तान), क्रिस ग्रीव्स, ज्याक जर्विस, माइकल लीस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, लियाम नेलर, सफायान सरिफ, क्रिस सोल, हमजा ताहिर र मार्क वाट ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC