खेल
काठमाडौं । साविक विजेटा एसी मिलान मंगलबार राति इटालियन सिरी ‘ए’मा लाजियोसँग ४–० ले स्तब्ध बनेको छ । यससँगै मिलानको उपाधि होड पनि कमजोर बनेको छ ।
घरेलु टोली लाजियोले सेर्गी मिलिनकोभिक–साभिचको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । ३८औँ मिनेटमा माटिया जाकागनीले अग्रता दोब्बर बनाए । ६७औँ मिनेटमा लुइस अल्बर्टोले तेस्रो गोल गरे । ७५औं मिनेटमा फेलिप एन्डरसनले चौथो गोल गरे ।
जितसँगै लाजियो तेस्रो स्थानमा उक्लिएको छ । लाजियोले १९ खेलबाट ३७ अंक जोडेको छ । जुन चौथो स्थानको इन्टर मिलानसँग अंक बराबरी हो भने दोस्रो स्थानको मिलानभन्दा एक अंकले पछाडि हो । मिलानले ३८ अंक जोडेको छ । जुन शीर्ष क्लब नेपोलीभन्दा १२ अंकले पछाडि हो ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ ०९:१०
प्रतिक्रिया दिनुहोस्