देश
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले शुक्रबार देशभरका अस्पतालमा सेवा ठप्प पारेका छन् । उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सकबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
संघको आह्वानमा देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरिएको संघले जनाएको छ ।
आन्दोलनका उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले चेतावनी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४ ११:५१
प्रतिक्रिया दिनुहोस्