site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
वर्ल्डलिङ्कलाई नोकियाको 'होम कनेक्टिभिटी सर्भस इनोभेसन' अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।  

सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई बिजेताको रूपमा चयन गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

Rabindra dai Nokia Award1671793016.jpeg

"हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको  नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ , नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् ।

Global Ime bank

नोकियाले यही डिसेम्बर ७-८ सम्म सिङ्गापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिङ्कलाई यो अवार्ड प्रदान गरिएको थियो ।

हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । हाल नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औसत ४ : ३२ जनाले प्रयोग गर्दै आएका छन् ।

देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै आयात हुने कूल अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ मध्ये वर्ल्डलिङ्क अन्तर्गत मात्रै ४२ प्रतिशत भन्दा बढी खपत हुने गरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालको फिक्स लाइन इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन्सको बजार हिस्सा करिब ३५ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC