site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एलन मस्कले ट्विटरबाट 'काम नलाग्ने फोहर'जस्तै गरेर कर्मचारीलाई निकालेको आरोप
Sarbottam CementSarbottam Cement

लसएन्जेल्स । अमेरिकाको सानफ्रानसिस्कोस्थित ट्विटरको प्रधान कार्यालयमा सरसफाइको काम गर्ने कामदारहरूले आफूहरूलाई जाग

तलब नदिइकनै बर्खास्त गरिएको गुनासो गरेका छन् । यसरी जागिरबाट निकालिएकामध्ये एकजनाले एलन मस्कको टोलीले आफूहरूको काम अब यन्त्रमानव अर्थात् रोबोटले गर्ने जानकारी दिएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

क्यालिफोर्निया राज्यका एकजना सिनेटरले मस्कले कर्मचारीहरूलाई 'काम नलाग्ने फोहर'जस्तै व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् । केही समय अघि मात्र मस्कले चालिस अर्ब अमेरिकी डलरमा ट्विटर किनेका हुन् । उनले त्यस यता धमाधम कर्मचारी कटौती गर्दै आएका छन् । 

सानफ्रानसिस्कोका नगर कानुनी प्रतिनिधि डेडी चिउले कतै मस्कले श्रम सम्बन्धी कानुन त तोडेका छैनन् भन्नेबारे आफूले अनुसन्धान गरिरहेको बताएका छन् । यसबारे टिप्पणी गर्न बीबीसीले गरेको अनुरोधबारे ट्विटरले कुनै पनि प्रतिक्रिया जनाएको छैन । 

Global Ime bank

चिउले बीबीसीलाई भनेका छन्, “एलन मस्कले लामो समयदेखि श्रम कानुन उल्लंघन गरेको इतिहास छ । यदि अहिले पनि यस्तो भएको भए मलाई कुनै आश्चर्य हुने छैन । म ती कामदारहरूको मर्काबारे महसुस गर्छुं । हामीले यस मामिलामा थप छानविन गर्नेछौँ ।"

बीबीसीले सोमबार जागिरबाट निकालिएका चारजना सफाइ कामदारसंग कुरा गरेका हुन् । चार वर्षदेखि ट्विटरमा काम गर्दै आएकी एड्रियान्ना भिल्लारियलले आफुलाई अब क्रिसमसमा परिवारलाई के खुवाउने भन्ने चिन्ता लागेको दुखेसो पोखेकी छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC