site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।

पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।

“अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।”

उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए ।

उनका अनुसार सोमबार नै गठबन्धनको बैठक बोलाइएको छ । 

“सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन,” उनले भने, “त्यसो भएको हुनाले पहिलो कुरा गठबन्धन घटकबीच पहिले कुरा हुने भयो । भोलि नै गठबन्धनको बैठक बसेर निर्वाचन सीमाको बारेमा समीक्षा गरौँ । एमालेसँग गठबन्धनको कुरा आएको छैन । हिजो कतै कतै समाचार आएको पनि देखियो तर त्यस्तो होइन । गठबन्धनको विकल्प खोजेका छैनौँ ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro