site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनी यू–१९ क्रिकेटको फाइनलमा, सुदूरपश्चिमसित उपाधि भिडन्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।

लुम्बिनीले दिएको २२३ रनको लक्ष्य पछ्याएको मधेस ४५.४ ओभरमा १६४ रनमा अलआउट भयो । मधेसका लागि मयन यादवले ४५ बलमा सर्वाधिक ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रनको योगदान गरे । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनीका लागि अभिषेक गौतम र विशाल विक्रम केसीले समान तीन/तीन विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङले समान एक/एक विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा नौ विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

Global Ime bank

जितसँगै लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।

सातै प्रदेश टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC