site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेल्जियमको कठिन जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकपमा बुधबार भएको समूह ‘एफ’को खेलमा बेल्जियमले क्यानडामाथि कठिन जित निकालेको छ । कतारको अहमेद बिन अलि रंगशालामा भएको खेलमा बेल्जियमले क्यानडालाई १–० ले हरायो ।

बेल्जियमको जितमा मिची बट्सुएयीले निर्णायक गोल गरे । बट्सुएसीले ४४औँ मिनेट गरेको गोलसँगै बेल्जियमले महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

20221124_0859151669260275.jpg

त्यसअघि, खेलको ११औँ मिनेटमा क्यानडाले पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेन । अल्फान्सो डेभिसले गरेको प्रहारले जाली चुम्न नसक्दा क्यानडाले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।

Global Ime bank

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु घाइते भएका कारण टोलीमा थिएनन् ।

जितसँगै तीन अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा पुछारमा पुगेको छ । समूहमा समान एक अंक जोडेका क्रोएसिया र मोरोक्को क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC