site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका पाँच जिल्लामा एमाले शून्य
SkywellSkywell

पोखरा । ०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङमा एमालेले सबै क्षेत्रमा जीत हासिल गरेको थियो । कांग्रेस मुस्ताङका नेता रोमी गौचन थकालीसहित कांग्रेसका सबै उमेदवार पराजित भए । हिमालपारिको जिल्ला मुस्ताङलाई अहिले पनि एमालेले आफूले जित्ने सूचीमा राखेकोे थियो । उमेदवार पनि पुरानै थिए । मुस्ताङ (क) मा इन्द्रधारा ढाडु विष्ट दोहोरिएका थिए भने (ख) मा अघिल्लोपटक समानुपातिक सांसद बनेका चन्द्रमोहन गौचन मैदानमा थिए । प्रतिनिधिसभामा चाहीँ प्रेमप्रसाद तुलाचन नै दोहोरिएका थिए ।

०७४ मा नै प्रतिनिधिसभामा प्रेमप्रसाद तुलाचनसँग हार व्योहोरेपछि यसपटक रोमी गौचनले चासो राखेनन् । उनले छोरालाई अगाडि सारे । २९ वर्षका योगेश गौचन थकालीसहित (क) मा कांग्रेसले नाम्डु गुरुङ र (ख)मा विकल शेरचनलाई अगाडि सार्यो । 

KFC Island Ad
NIC Asia

एमालेका दोहोरिएका अनुहार र कांग्रेसका नयाँ युवा अनुहारबीचको प्रतिस्पर्धा भयो । तर, मतदाताले मन फेरे । एमालेले पकड क्षेत्र भनेको मुस्ताङमा कांग्रेसले सबै क्षेत्र जितेर एमालेलाई शून्य बनाइदियो ।

बाम गठबन्धनको वर्चस्वबीच प्रतिनिधिसभाका २ र प्रदेशसभाका चारवटै क्षेत्र गुमाएको कांग्रेसले बागलुङमा यसपटक जसरी पनि साख फर्काउन चाहन्थ्यो । त्यसका लागि कांग्रेसले प्रतिनिधिसभाका २ वटै क्षेत्र छाडेर प्रदेशका ४ सिट लियो ।

Royal Enfield Island Ad

बुधबार अन्तिम मतपरिणाम आउँदा बागलुङबाट पनि एमाले निल हुन पुग्यो । गठबन्धनका सबै उमेदवारले जिते ।
म्याग्दीलाई आफ्नो गढ मान्ने एमालेले यसपटक त्यहाँ पनि पकड गुमाउन पुग्यो । गठबन्धनको सिट बाँडफाँटको क्रममा सुरुमा एउटा प्रतिनिधिसभा क्षेत्र रहेको म्याग्दी माओवादी केन्द्रको भागमा परेको थियो । तर, म्याग्दी कांग्रेस सभापति खम्बिर गर्बुजाले अन्तिम समयमा प्रतिनिधिसभाको टिकट आफूले ल्याए । प्रदेश माओवादीको भागमा पर्यो । खम्बिर गर्बुजा तेस्रोपटकको प्रयासमा संसद् छिर्दै गर्दा म्याग्दीका प्रदेशसभाका दुवै क्षेत्रमा माओवादीका उमेदवार विजयी बने ।

फराकिलो मतान्तरले गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नं. १ मा कांग्रेसका राजेन्द्र बजगाईं जीतनजिक पुग्दा चारवटै प्रदेशसभाका क्षेत्रमा गठबन्धनका उमेदवार विजयी बनेका छन् । यहाँ माओवादीले प्रदेशसभाको एक क्षेत्र, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एक र बाँकी दुई कांग्रेसले लिएको थियो । प्रदेशसभाका सबै क्षेत्रमा गठबन्धनका उमेदवार जित्दा गोरखामा पनि एमाले शून्य बन्न पुगेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro