site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन भ्रष्टाचारविरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन भ्रष्टाचारविरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । उनले बुधबार एक भिडियो सन्देशमार्फत सुशासनका पक्षमा मत जाहेर गर्न अपिल गरेका छन् । 

“यस उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिने छ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्त्वपूर्ण अवसर पनि हो,” उनले भने । 

उनले आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न प्रयास गरेको जिकिर गरेका छन् ।

मंसिर १६ गते स्थानीय तहका रिक्त ४१ स्थानमा उपनिर्वाचन हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro