site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङमा सफल गठबन्धन
SkywellSkywell

पोखरा । २०५४ सालमा बागलुङ जिल्लाकै सबैभन्दा ठूलो पार्टी रहेको राष्ट्रिय जनमोर्चा अहिले आफूले एक्लै जित्न त सक्दैन, तर हराउने ल्याकत राख्छ । स्थानीय तहको वडागत परिणाम हेर्ने हो भने सबैभन्दा ठूलो शक्ति कांग्रेस, दोस्रोमा माओवादी, तेस्रोमा एमाले र चौथोमा राष्ट्रिय जनमोर्चा छ ।

स्थानीय तहमा पनि गठबन्धन गरेर राम्रो नतिजा निकालेको बागलुङले प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा पनि त्यसलाई कायम राख्दा एमाले सबै क्षेत्रमा पराजय व्योहोर्न बाध्य भएको छ ।

०७४ को प्रदेशसभा तथा प्रतिनिधीसभामा बागलुङमा बाम एकताका कारण कांग्रेसको अवस्था अहिलेको एमालेको जस्तै भएको थियो ।

KFC Island Ad
NIC Asia

सत्ता गठबन्धनका हेभिवेट उमेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत नेता यही जिल्लाबाट आकांक्षी हुँदा गठबन्धनको भागबण्डामा असन्तुष्टि हुने र त्यसको फाइदा एमालेलाई हुने विश्लेषण बागलुङमा चल्यो । तर, प्रदेशसभाका चारवटै क्षेत्र कांग्रेसलाई दिने प्रतिनिधिसभाको १ नं. क्षेत्र जनमोर्चा र २ नं क्षेत्र माओवादीलाई दिने सहमति बन्यो ।

कांग्रेससँगको पहिलो गठबन्धनबाट चित्रबहादुर केसीले चुनाव लड्ने भए । अर्को क्षेत्रमा देवेन्द्र पौडेल उमेदवार बने ।

Royal Enfield Island Ad

स्थानीय तहको गणित हेर्दा गठबन्धन सबै क्षेत्रमा बलियो नै थियो । अर्कातर्फ, पहिलो, दोस्रो र चौथो शक्ति मिल्दा गठबन्धनका उमेदवारहरु जितोन्मुख नै देखिन्थे ।

तर, पर्वत, नवलपुर, कास्कीलगायत जिल्लामा गठबन्धन लथालिंग हुँदा बागलुङ भने एकढिक्का हुन पुग्यो । प्रतिनिधिसभामा चित्रबहादुर केसी र देवेन्द्र पौडेलले जिते । प्रदेशसभामा कांग्रेसका चारै उमेदवार पनि विजयी बने ।

बुधबार अपराह्न सार्वजनिक मतपरिणाम अनुसार देवेन्द्र पौडेलले एमाले उमेदवार मञ्जु शर्मालाई पराजित गर्दै बागलुङलाई गठबन्धनको अन्तिम जित दिलाए ।

पौडेलले २४ हजार ७७९ मत ल्याउँदा एमाले उमेदवार शर्माले २० हजार १८० मत ल्याइन् । शिक्षामन्त्री समेत रहेका पौडेल चार हजार ५९९ मतान्तरले विजयी बने ।

पौडेल अघि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेकै सूर्य पाठकलाई पराजित गरे । उनले २१ हजार मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याए ।

पाठक अघिल्लोपटक पनि सोही क्षेत्रबाट उमेदवार बनेर विजयी भएका थिए । शर्मा भने गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले उमेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लडेकी थिइन् । कांग्रेसको बागी बनेकी उनी पछि एमाले प्रवेश गरेकी थिइन् । स्थानीय तह चुनावमा उनले तीन हजार २६३ मत ल्याएकी थिइन् । कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उमेदवार बनेकी उनी अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा छिन् ।

यो सँगै बागलुङमा कांग्रेसबाट बागी बनेर एमाले प्रवेश गरेर उमेदवार बनेका सबै पराजित भएका छन् । बागलुङ २ (ख) मा पनि एमालेले माओवादीका बागीलाई समर्थन गरेको थियो ।

यो क्षेत्रमा कांग्रेसका जितबहादुर शेरचन र प्रकाश घर्तीमगर प्रतिस्पर्धामा थिए । सूर्य चुनाव चिह्नबाट नलडे पनि घर्तीलाई एमालेको समर्थन थियो । तर, उनी तीन हजार १०० मतले पराजित भए ।

शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार ८ मत पाएका थिए । स्थानीय तह निर्वाचनमा घर्ती ताराखोला गाउँपालिकामा माओवादीबाट बागी उमेदवार बनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro