site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनले जिताएका संघीयताविरोधी उमेदवार चित्रबहादुर केसी
SkywellSkywell

पोखरा । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाले जित हात पारेको छ । सत्ता गठबन्धनको सहयोगमा जनमोर्चाका ८२ वर्षीय चित्रबहादुर केसी विजयी भएका हुन् । कांग्रेसलाई वर्गशत्रु मानेर राजनीति गर्दै आइरहेको जनमोर्चाले संघीयताको विरोधमा वकालत गर्दैै आएको छ । तर, समय यस्तो आयो, जनमोर्चाले वर्गशत्रु पनि बिर्सियो । संघीयता ल्याउने दलहरुसँग तालमेल गर्नुपर्ने अवस्था आयो । गण्डकीका अन्य जिल्लामा गठबन्धन त्यति सफल नदेखिएको अवस्थामा संघीयताविरोधी दल जनमोर्चालाई बागलुङमा भने राम्रो साथ मिल्यो ।

त्यही गठबन्धनको आडमा चित्रबहादुर केसीले जित हासिल गर्दै संघीयताविरोधी अभिव्यक्ति दिन संसद्को यात्रा तय गरेका छन् । सत्ता गठबन्धनबीचको तालमेलमा जनमोर्चाले प्युठान र बागलुङ–१ पाएको थियो । बागलुङमा एमाले उमेदवार सूर्य पाठकलाई हराउँदै जीत हासिल गरे पनि प्युठानमा भने त्यही एमालेले जनमोर्चाका उमेदवारलाई पछाडि पारेको छ । 

KFC Island Ad
NIC Asia

चित्रबहादुुर केसी र कांग्रेसको तालमेल मिल्न थालेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुईपटक संसद् विघटन गरेपछि नै हो । जनमोर्चा केन्द्रले ओली सरकारलाई गरेको समर्थन फिर्ता लिएर गठबन्धनमा मिसिने निर्णय गरिसक्दा उनकै दलबाट गण्डकीको सांसद बनेका कृष्ण थापाले कांग्रेसलाई कुनै हालतमा समर्थन गर्न नसकिने बरु अझै २० वर्ष सत्ताबाहिर राख्नुपर्ने अभिव्यक्ति दिँदै केन्द्रीय निर्णयको पालना गरेनन् ।

पार्टी निर्देशन नमानेकै कारण प्रत्यक्षमा चुनाव जितेका आफ्ना सांसद कृष्ण थापालाई जनमोर्चाले पदमा नरहने गरि कारबाही गर्यो । फलतः प्रदेश र संघ दुवैमा कांग्रेस नेतृत्वको सरकार बन्यो । त्यही गठबन्धनले निरन्तरता पाउँदै गर्दा ०७४ मा एक सिट मात्र प्रत्यक्ष जितेको जनमोर्चाले अहिले भागबण्डामा दुई सिट माग्यो । गठबन्धनको आड लिएर संसदीय प्रतिनिधत्व बढाउने दाउमा रहेका केसी आफूले भने चुनाव जिते । प्युठानको अन्तिम नतिजा भने आएको छैन ।

Royal Enfield Island Ad

यसअघि २०५६ र २०६४ को चुनाव जितेका केसी २०७० सालमा समानुपातिकतर्फबाट संसद् छिरे । २०७४ सालमा भने जनमोर्चाले समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्न सकेन । केसी रोकिए ।

उनै चित्रबहादुर केसी यो पटक भने बागलुङ क्षेत्र नम्बर १ बाट उमेदवार बने । गाउँगाउँमा पुगे र उमेरको भन्दा विचारको राजनीति गर्ने भन्दै मतदाता फकाए । संघीयताको विरोधको सवालमा लोकतन्त्र जोगाउन एकै ठाउँमा भएको र त्यसकै लागि गठबन्धनमा मिसिएको बताए ।

मतगणनाको प्रारम्भमा केसीलाई एमाले उमेदवार सूर्य पाठक मात्र होइन, राष्ट्रिय स्वतन्त्र    पार्टीका उमेदवार खिमानन्द कँडेलले पनि राम्रैसँग पच्छाए । तर, केसीले बाजी मारे । उनका प्रतिस्पर्धी एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे । यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए ।
 
अन्य दुई स्वतन्त्र उमेदवार शिवलाल सापकोटाले १२५ र चन्द्रबहादुर क्षेत्रीले १९३ मत पाए । कुल एक लाख एक हजार २२३ मतदाता रहेको यो क्षेत्रमा ५४ हजार ७११ मत खस्दा ५२ हजार ८७० मतमात्र सदर हुन पुगेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro