site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्विटरका कार्यालय भवनहरू अस्थायी रुपमा बन्द हुने 
SkywellSkywell

सान फ्रान्सिस्को । ट्विटरले आफ्ना कर्मचारीहरुलाई कम्पनीका कार्यालय भवनहरु अस्थायी रुपमा बन्द गरिने बताएको छ । 

बीबीसीद्वारा पुष्टि भएको उक्त सन्देशमा कर्मचारीलाई सोमबार २१ नोभेम्बरमा ती कार्यालय पुनः खोलिने जानकारी दिइएको छ । तर, अचानक यस्तो कदम उठाइनुको कुनै कारण भने दिइएको छैन । 

ट्विटरका नयाँ मालिक एवं विश्वका सर्वाधिक धनी एलोन मस्कले कर्मचारीहरुलाई “लामो समयसम्म कडा मिहेनतका साथ काम गर्न वा जागिर छाड्न” आह्वान गरेपछि यो घोषणा सार्वजनिक भएको हो ।
 
सन्देशमा भनिएको छ, “कृपया कम्पनीको नीति अवलम्वन गरेर कम्पनीको गोप्य सूचनाहरुबारे सामाजिक सञ्जाललगायत अन्य कतै पनि छलफल नगर्न कर्मचारीहरुलाई अनुरोध गरिएको छ ।”

Dabur Nepal
NIC Asia

मस्कको नयाँ प्रस्ताव स्वीकार नगर्ने थुप्रै संख्यामा कर्मचारीहरुले राजीनामा दिएको संकेत देखिएका छन् । 

आफ्नो परिचय खुलाउन नचाहने ट्विटरका एकजना पूर्वकर्मचारीले भनेका छन्, “मेरो विचारमा आज धुलोमैलो सफा भइसक्दासम्ममा ट्विटरमा दुई हजार कर्मचारी पनि बाँकी रहने छैनन् । तिनीहरुले आफ्ना टिममा रहेका सबैलाई बर्खास्त गरिएको दाबी गरेका छन् । टिमका म्यानेजरपछि तिनका पनि म्यानेजर पनि जागिरबाट हटाइएका छन् । त्यसैले चेन अफ कमान्डमा कोही बाँकी छैनन् ।”

एकजना अर्का कर्मचारीले लामो समयसम्म काम गर्न तयार रहेको बताइँदा पनि आफूहरुलाई जागिरबाट हटाइएको गुनासो पोखेका छन् ।  

एकजना अर्का कर्मचारीले पहिलेदेखि नै साताको ६० देखि ७० घन्टासम्म काम गर्दै आउँदा पनि “थप समय दिनेलाई मात्र काममा राखिने” भन्दै पटकपटक इमेलमार्फत चेतावनी दिने त्यस्तो ठाउँमा काम गर्न नचाहेको बताएका छन् । 

यसबारे बीबीसीले थप वास्तविकता जान्न खोज्दा ट्विटरले कुनै प्रतिक्रिया जनाएको छैन ।

यसरी भटाभट कर्मचारीले टिवटर छाड्न थालेकाबारे ट्विटरका पूर्वउपाध्यक्ष ब्रुस डास्लीले बीबीसीलाई भनेका छन्, “ट्विटरका पूर्वइन्जिनियरहरुले सोमबारसम्ममा यो सामाजिक सञ्जाल प्लेटफर्म असफल भइसक्ने दाबी गर्दै छन् । तर, अझै त्यहाँ थुप्रै इन्जिनियरहरु साइटमा बाँकी नै रहेका जस्तो देखिन्छ । तिनीहरु पनि गए भने यसको दिगोपना खतरामा पर्न सक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu