site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सेनाद्वारा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

इजरायल । इजरायली सेनाले बिहीबार वेस्ट बैंकको टुबास सहरमा ६ प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरपश्चिमी वेस्ट बैंकमा रहेको तुबासमा गाडीलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । तुबासको दक्षिणी फरा शिविरमा छैटौँ व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको थियो । टुबासका गभर्नर अहमद अल–असादले इजरायली आक्रमणले फारा शिविरमा पूर्वाधार र सेवाहरूमा व्यापक क्षति भएको बताए ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अगस्ट २८ यता वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीका कारण ३९ प्यालेस्टिनीको मृत्यु भएको र १४५ जना घाइते भएको बताएको छ । मन्त्रालयले अक्टोबर २०२३ मा गाजा द्वन्द सुरु भएदेखि वेस्ट बैंकमा ६९१ प्यालेस्टाइनी मारिएको जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro