site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फुङलिङमा बन्द र अवरोध निषेध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो । 

नगरपालिकाको ४५औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाको अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागु हुनेछ ।

Dabur Nepal
NIC Asia

नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे । उनले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दल वा समूहले बन्दको आह्वान नगर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिए । 

नेपालीको महान् चाडपर्व नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकको सहज यात्रा गर्न नगरपालिकाले आग्रह गरेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro