site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा

ढाका । बंगलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरंकुश नेता शेख हसिना पुनःनिर्वाचित भएकी थिइन् । हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन् । 

काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर दिएका हुन् । 

Dabur Nepal
NIC Asia

उनीहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीरूमध्ये पछिल्ला हुन् । “मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ,” अवालले पत्रकारहरूसँग भने । 

पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथोपटकको कार्यकाल र उनको अवामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो । 

कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बंगलादेश नसनलिस्ट पार्टी (बीएनपी)ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो ।

अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए । तर, अवालले हसिनाप्रति वास्तविक राजनीतिक विरोधको कमी हुनु नै मतदान इमान्दारीका साथ भएको बताए । “मुख्य विपक्षी दल बीएनपी र समान विचारधाराका दलहरू निर्वाचनमा सहभागी भएनन्,” उनले भने,  “यो एक दलीय निर्वाचन भएकाले निर्वाचनलाई प्रभावित गर्नुपर्ने कुनै आवश्यकता थिएन ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro