site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१४ मिटर डाँडा काटेपछि 'क्यालिब्रेसन फ्लाइट'को तयारी
SkywellSkywell

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) मंसिर ५ गतेदेखि ११ गतेसम्म हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान तालिका स्वीकृत गरिसकेको छ ।

स्वीकृति पाएको एरो थाई कम्पनीको जहाज भित्रिसकेको छ । यही जहाजले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन उडान भरेको थियो ।

यो परीक्षणपछि विमानस्थलमा जडान गरिएका सबै उपकरणले काम गरे/नगरेको भनेर थाहा हुनेछ । क्यालिब्रेसन फ्लाइट गर्दा सबै उपकरणले सही रूपमा काम गरेको भन्ने विवरण पछि बल्ल विमानस्थलबाट परीक्षण उडान हुनेछ ।

KFC Island Ad
NIC Asia

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख इन्जिनियर कृष्ण पौडेलले उडान परीक्षणका लागि अवरोधस्वरूप देखिएको रिठेपानी डाँडाको कटानको काम सकिसकेको बताए । परीक्षण उडानका लागि डाँडालाई १४ मिटर कटान गरिएको छ ।

अहिले क्यालिब्रेसनका लागि विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने रिट्टेपानी डाँडा कटान भइरहेको छ । परीक्षण उडानका दिनसम्मका लागि यो काम सकिने उनले जानकारी दिए ।

Royal Enfield Island Ad

रिट्टेपानीमा दुईवटा डाँडा छन् । तीमध्ये होचोतर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाइँ कटान गरेपछि मात्र नियमित उडान हुने प्राधिकरणले यसअघि नै बताइसकेको छ ।

प्राधिकरणले जनवरी १ देखि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो ।

नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । २०१७ जुलाई ११ बाट काम सुरु भयो ।

उक्त कम्पनीसँग भएको सम्झौताअनुसार आयोजना निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण विमानस्थलको सम्झौता अवधि एक वर्ष थप गरिएको थियो ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको आयोजना सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरणसमेत भइसकेको छ ।

अन्तर्राष्ट्रिय उड्ययन संस्था (आईकाओ)को मापदण्डभित्र रहेर 'फोरडी मोडल'मा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भने अझै भएको छैन । तेल भर्न आवश्यक आयल डिपो बनेको छैन । अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ ।

ल्यान्डफिल साइट समस्या ज्यूँका त्यूँ
विमानस्थल सञ्चालनका लागि लागि पहिलो र मुख्य समस्या नै ल्यान्डफिल साइटको हो । यसको व्यवस्थापन गर्ने भनेको पोखरा महानगरपालिकाले हो । महानगरको एकमात्र ल्यान्डफिल साइट अहिले पोखरा १४ बाच्छेबडुवामा छ । यो भनेको विमानस्थलको दुई किलोमिटरको दुरीमा पर्छ ।

त्यहाँ ल्यान्डफिल साइट हुँदा चराचुरुङ्गीको गतिविधि पनि उत्तिकै छ । विमानस्थलमा चराचुरुङ्गीको गतिविधि बढ्नु भनेको सुरक्षाको दृष्टिले जोखिमपूर्ण अवस्था हो । यो दुरीमा ल्यान्डफिल साइट राख्न मिल्दैन । यो स्थानान्तरण अर्को ठाउँमा गर्नुपर्ने हुन्छ ।

स्थानान्तरणको लागि महानगरले धरान, भारत हुँदै तेस्रो मुलुकसम्म गएर अध्ययन पनि गरेर आएको छ ।

तर, कागजी प्रक्रिया मात्र अगाडि बढेको र देखिने काम तत्काल केही नभएको पोखराका मेयर धनराज आचार्यले बताए । 

उनले भने, “क्यालिब्रेसन फ्लाइट हुने पाँच गते हो । त्यही दिन बोलौँला, आज मैले भन्नका लागि केही छैन ।”

यो ल्यान्डफिल साइटमा १०८ प्रजातिका चराहरू आउने अध्ययनकर्ताहरूले बताएका छन् । यहाँ विश्वमै दुर्लभ मानिएका गिद्ध, महाचिल, सेतो गिद्ध, डंगर, सानो खैरो गिद्धलगायतका चराहरूको वासस्थान पनि छ ।

ल्यान्डफिल साइट सारेता पनि चराहरूको बानी तत्कालै सर्दैन । यही पेरिफेरिमा घुमिरहन्छन् । चराहरूलाई अन्यत्र जानको लागि, बानी पर्न ८/१० महिना लाग्ने विज्ञहरूले बताउँदै आएका छन् ।

तर, पुस २०२३ को अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गतेदेखि विमानस्थल सञ्चालन गर्न भनेतापनि ल्यान्डफिल साइटको व्यवस्थापन भने हुन सकेको छैन ।

अर्कातर्फ पोखरा सहरको मध्यभागमा बनेको यो विमानस्थल सञ्चालन हुने नहुनेमा पनि आशंका र चर्चाहरू सुरु भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro