site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृह मन्त्रालयले सोध्यो दुई जिल्लाका सीडीओलाई स्पष्टीकरण
महोत्तरीका सीडीओ लालबाबु कवारी र पर्साका सीडीओ गणेश अर्याल ।

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय स्रोतका अनुसार, पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कवारीलाई स्पष्टीकरण सोधिएको हो ।

पदीय मर्यादा बाहिर गएर अभिव्यक्ति दिएको र आर्थिक अनियमितताबारे गृह मन्त्रालयमा गुनासो आउन थालेपछि सीडीओद्वय अर्याल र कवारीलाई गृह मन्त्रालय नै बोलाएर स्पष्टीकरण सोधिएको स्रोत बताउँछ ।

Dabur Nepal
NIC Asia

"गृहमन्त्रीज्यूकै निर्देशमा उहाँहरूलाई जिल्लाबाट मन्त्रालय बोलाएर मंगलबार स्पष्टीकरण सोधिएको हो । चित्तबुझ्दो भएन भने मन्त्रालय तानिन पनि सक्छन्," स्रोतले भन्यो ।

गृह मन्त्रालयका अनुसार, सीडीओ कवारीलाई कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो ।

अर्यालले केही दिन अगाडि वीरगञ्जमा एक अस्पताल तोडफोडसम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro