site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल ललितपुर बस्ने ३७ वर्षीय सुनिल राई छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको प्रहरीले जनाएको छ । साथै, बेटिङ एपमार्फत अनलाइन जुवा खेलाएको आरोप उनमा छ । 

राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ । उनले २५ भन्दा बढी इमेल अकाउन्ट खोली वान एक्स विटमा प्रयोग गर्ने गरेको खुल्न आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro