site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहिर्गमनको 'रिस'मा कुमार खड्का, मुख्यमन्त्रीको भिडियो लिक गरिदिने चेतावनी
SkywellSkywell

पोखरा । कुमार खड्का नभएको भए गण्डकीमा गठबन्धनले सरकार बनाउन ठुलै मेहनत गर्नुपर्थ्यो । एक चौथाइ सांसदमा चित्त बुझाएको कांग्रेसलाई गण्डकी संसद्मा चिनाउने सांसद उनै खड्का थिए । संसद्मा उनको प्रस्तुति र उनले उठाएका विषय प्राथमिकताका साथ समाचारमा आउँथे ।

नयाँ प्रादेशिक स्वरूपमा संसद्भित्र कांग्रेसलाई उनले नै धानेको जस्तो देखिन्थ्यो । संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल भएपनि संस्थागत कुरा राख्दा कांग्रेस संसदीय दलमा कुमार खड्का नै हाबी देखिन्थे ।

संसदीय राजनीतिमा चतुर उनी प्रतिपक्षले पाउने सार्वजनिक लेखा समितिको सभापति पनि बने । त्यतिबेला लेखा समितिले गण्डकी सरकारका मन्त्रीले दुरुपयोग गरेको इन्धनदेखि गण्डकी 'काउ फार्म'को महत्वाकांक्षी योजनाको छानबिन गरेको थियो ।

KFC Island Ad
NIC Asia

नयाँ स्वरूप भएकाले प्राय: सांसदहरू प्रक्रिया सिक्ने क्रममा नै खड्काले संघीय सांसदको अनुभवका आधारमा आफूलाई अगाडि देखाउन सक्षम भएका थिए । उनको खुबी नै थियो, यो ।

त्यो खुबीलाई उनले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्ने क्रममा पनि नेतृत्व लिँदै प्रमाणित गरे । हुनत संसदीय दलहरूले नेता चुनेका थिए । तर गठबन्धनको बैठक उनै खड्काको उपस्थितिमा मात्र हुन्थ्यो । कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बनाउन पनि उनले ठुलो भूमिका खेले । आफू पर्दापछाडि रहेर नै उनले केन्द्रमा नेतासँग समन्वय गर्नेदेखि गठबन्धनका नेताहरूलाई भेटाउने, बोलाउने, मिलाउने काम गरे ।

Royal Enfield Island Ad

उनकै भूमिकाका कारण एकचौथाइ सांसद रहेको कांग्रेसले अहिले बहुमतका साथ गठबन्धन सरकारको नेतृत्व गरेको छ । सांग्रिला रिसोर्टको बैठकदेखि टिका रिसोर्टसम्म सांसद व्यवस्थापन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सम्पर्क गर्नेदेखि जनमोर्चाका सांसद हराउँदा बैठक स्थगित गर्न सभामुखलाई लगाउनेसम्मका काम त्यतिबेलाको एमाले सरकार ढाल्नेक्रममा भएका थिए ।

मुख्यमन्त्री पोखरेलले पनि खड्काको त्यो सक्रियताकै कारण आफू मुख्यमन्त्री बनेको स्वीकारसमेत गरेका थिए । त्यतिमात्रै होइन, आफूपछिको वरीयताको दोस्रो मन्त्री पनि कुमार खड्कालाई नै बनाएका थिए ।

तर, समय फेरियो । त्यो निकट सम्बन्धमा दरार आयो । त्यो नजिकको सम्बन्ध अहिले कुमार खड्को बर्खास्तीमा परिणत भएको छ । बर्खास्तीमा परेका खड्काले मुख्यमन्त्रीको सनसनीपूर्ण भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन् ।

पत्रकार सम्मेलन गरेर उनले मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्तीको कारणबारे जवाफ नदिए वा दिएको जवाफ चित्त नबुझे उक्त भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन् । मुख्यमन्त्री पोखरेललाई गम्भीर आरोपमा मुछेका खड्कालाई चाहिँ पार्टी र उमेदवारलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै सहमतिपछि उनलाई हटाइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरमा छन् ।

खड्काको बर्खास्तीपछि सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय पनि पोखरेलले आफूसँगै राखेका छन् ।

चालु आर्थिक वर्षका ठुला योजनाहरू चुनावलगत्तै प्रक्रियामा अगाडि बढ्नेछन् । मुख्यमन्त्री पोखरेलले १ अर्बको पुल बनाउने भन्दा आफूले सहमति नजनाएकै कारण हटाइएको हुनसक्ने उनले आशंका गरे ।

“१०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरेँ । त्यही पनि एक कारण हुन सक्छ,” उनले भने ।

पछिल्लो समय मुख्यमन्त्री र आफूबीच सम्बन्ध चिसिएको उनले बताए । “उहाँको र मेरो सम्बन्ध पछिल्ला दिनहरूमा राम्रो छैन । बजेट विनियोजनका क्रममा उहाँहरूले गलत गर्नुभएको छ,” उनले भने ।

उनले यतिमात्र भनेनन्, सरकारले गण्डकीका मुख्यमन्त्री, मन्त्री तथा पदाधिकारीहरूका लागि गाडीसहितको सुविधा दिनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको समेत सुनाए । 

“पूर्व पदाधिकारीका नाममा केही करोडका गाडी खरिद हुँदै छ । त्यसो भएमा राजीनामा दिने भन्ने तयारी म लगायत एकदुई जना मन्त्रीको थियो,” उनी भन्छन्, “सरकारले धेरै गलत काम गरेपछि मैले विरोध गरेको हुँ । त्यसको सिकार अहिले मन्त्रीबाट हट्नुपर्‍यो ।”

कास्की २ (ख) बाट खड्का यसपटक टिकटका आकांक्षी थिए । तर, उनको ठाउँमा विन्दुकुमार थापाले टिकट पाए । गण्डकीका कानुनमन्त्रीसमेत रहेका थापाको नाम पनि उनले लिए । आफ्नो निर्वाचन क्षेत्रबाहिर बजेट हालेको भन्दै उनले योजनाको नाम नै तोके । उनले यो भन्नुपूर्व मन्त्री विन्दुकुमार थापाले आफूलाई आरोप लगाएको बताए ।

“कुमार खड्काका कारण बजेट हाल्न पाइन भन्नुभयो । राजनीतिको ‘र’ बुझेको मान्छेले यस्तो कुरा गर्दैनन्,” उनले भने । आफूलाई पनि थाहा नभइकिन मुख्यमन्त्रीलाई निवेदन लेखेर निजी जग्गामा सरकारी रकम विनियोजन गरेको उनले दाबी गरे ।

“मन्त्री विन्दुकुमार थापाले ९ करोड बजेट पाउनुभएको थियो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट हाल्नुभयो । प्लटिङ गरेको घडेरीमा एक करोड ४५ लाख र अन्नपूर्ण गाउँपालिकाको घडेरीमा दुई करोड बजेट हाल्नुभएको छ,” उनले भने ।

मन्त्रीबाट बर्खास्तीमा परेपनि उनले आफूलाई कांग्रेसले पार्टीबाट नहटाएको र आफूले गठबन्धनका उमेदवारलाई नै भोट दिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro