site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त
SkywellSkywell

पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् । गत हप्ता मात्रै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् ।

कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको 'ग्रिन सिग्नल' मिलेपछि मुख्यमन्त्रीले हटाएका हुन् ।

KFC Island Ad
NIC Asia

स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई 'असहयोग गरेपछि' उनलाई हटाइएको हो ।

यसअगाडि बर्खास्तीमा परेका हरिशरण आचार्यलाई चाहिँ प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।

Royal Enfield Island Ad

कुमार खड्का कास्की २(ख) बाट टिकटका आकांक्षी थिए । तर, उनको सट्टामा कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाए । 

त्यसयता चुनावी अभियानमा असहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाकहाँ कुरा पुगेको थियो । मुख्यमन्त्रीले हरिशरण आचार्यलाई हटाउने बेलामा नै मन्त्री खड्कालाई पनि हटाउने तयारी गरेका थिए । तर, त्यतिबेला देउवाले निर्णय लिइनसकेको कारण उनको मन्त्री पद जोगिएको थियो ।

प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro