देश
काठमाडौं । नवलपरासी (पश्चिम)मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका–३ अमहवा बस्ने ८१ वर्षीया ठगनी मुसहरको आगोमा जलेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरको आँगनमा आगो बाली ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएर आगलागी हुँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १२:५५
प्रतिक्रिया दिनुहोस्