site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बलात्कारको आरोप लागेका दनुस्का श्रीलंका क्रिकेटद्वारा निलम्बित
SkywellSkywell

काठमाडौं । अस्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ परेपछि श्रीलंका क्रिकेट संघ (एसएलसी)ले दनुस्का गुणाथिलकालाई क्रिकेटका तीनवटै संरचनाबाट तत्काल लागु हुने गरी निलम्बन गरेको छ । 

बलात्कारको आरोपमा आइतबार सिड्नीबाट पक्राउ परेपछि ट्वान्टी–२० विश्वकपका लागि अस्ट्रेलिया पुगेको श्रीलंकन टिम गुणाथिलकाबीनै स्वदेश फर्किएको थियो । गुणाथिलकामाथि एक महिलाले नोभेम्बर २ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

Dabur Nepal
NIC Asia

यसैकारण सिड्नी प्रहरीको अनुसन्धानमा रहेका गुणाथिलकालाई एसएलसीले सोमबार क्रिकेटका तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

“अस्ट्रेलियामा एक महिनामाथि यौन हिंसा गरेको आरोप लागेका दनुस्का गुणाथिलकालाई तत्काल लागु हुने गरी क्रिकेटको तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरिएको छ, सोमबार श्रीलंका क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विश्वकपमा सुपर–१२ बाट बाहिरिएको श्रीलंकाबाट गुणाथिलकाले एक खेल खेलेका थिए । बायाँ हाते ब्याटर दनुस्काले विश्वकपअन्तर्गत पहिलो चरणमा नामिबियासँगको खेल खेलेका थिए । यो खेलमा डक आउट भएका उनी त्यसपछि भने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए ।

विश्वकपमा सुपर–१२ को समूह–१ मा श्रीलंका चौथो स्थानमा सीमित बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu