site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं म्याराथन : तीन हजारजनाभन्दा बढी दौडने

काठमाडौं । सन् २००७ देखि थालिएको काठमाडौं म्याराथनको १६औँ संस्करण यही असोज १२ गते आयोजना गरिने भएको छ । काठमाडौं म्याराथन आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजारजनाभन्दा बढीले काठमाडौं म्याराथनमा चुनौती प्रस्तुत गर्ने मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले बताए ।

म्याराथनमा सहभागिताका निम्ति १७० धावकले नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनतर्फ ५५० धावकले चुनौती प्रस्तुत गर्ने टुंगो लागेको छ ।

यस्तै, सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हुने बताए । दौडका बेला ट्राफिक व्यवस्थापनका निम्ति सम्बन्धित निकायसँग छलफल भइरहेको उनले उल्लेख गरे ।

म्याराथन र हाफ म्याराथन दौडमा ‘इलेक्ट्रिक टाइमिङ’ प्रयोग गरिने जनाइएको छ । यो प्रविधिको प्रयोगले धावकलाई अरू अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका निम्ति पनि सहयोग पुग्ने विश्वास छ ।

दौडमा ४०० भन्दा बढी स्वंयसेवक र टेक्निकल अफिसियलको सहभागिता रहनेछ । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro