site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एरिका ऐतिहासिक स्वर्णनजिक

काठमाडौं । नेपालीकी एरिका गुरुङ २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् । फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो ।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफ्या बेरुल्टसेभा  थिइन् । एरिका र सोफ्याबीचको खेल १–१ को बराबरीमा टुंगियो ।

Dabur Nepal
NIC Asia

‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् । सोफ्या तीनै खेलाडी हुन जसले एरिकालाई १९औँ एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । १९औँ एसियाली खेलकुदको कराते पनि अहिले भइरहेको प्रतियोगिताको हलमै भएको थियो ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउँदै फाइनल यात्रा तय गरिन् । एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेनविरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन् ।

एरिकाको यो पाँचौँ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको यूएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यी सबै प्रतियोगिता करिब एक वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।

 प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए । महिला ५५ केजीमुनि जिया कार्की तथा ६१ केजीमुनि निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए ।

महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले कौशल प्रदर्शन गर्ने छन् । एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro