site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नगरकोटबाट फर्कंदै गरेको कार दुर्घटना : सातजना घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

भक्तपुर । नगरकोटबाट सुडालको कलमसी हुँदै फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

नगरकोटबाट फर्कंदै गर्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडाल हनुमान चोकमा बा१८च २५११ नम्बरको निजी कार ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।

झापाको दमक नगरपालिका–१० की निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते छन् । उनीहरूलाई उपचारका निम्ति मध्यपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेको नाम र ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनमाणि अधिकारीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro