site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनका कारण जित सुनिश्चित भइसक्यो, चुनावी प्रक्रिया मात्रै पर्खेर बसेका छाैँ : ओनसरी घर्ती
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

 

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)की नेत्री ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् । 

Agni Group
NIC Asia

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेत्री घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताइन् । 

नेत्री घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेकाे थियाे । आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिबद्धता मात्रै लिएर उपस्थित भएको उनकाे भनाइ छ ।

Global Ime bank

"हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौँ, त्यो गर्छौँ," उनले भनिन्, "गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छाैँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।"

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उमेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेन्डा लिएर देश दौडाहामा छन् ।

-न्यूज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu