site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'रिल्याक्स' प्रचण्डसँग चुनावी लिगलिगे दौडमा एमालेका अब्दुस मियाँ
SkywellSkywell

पोखरा । चुनावको मुखैमा एमाले प्रवेश गरेका अब्दुस मियाँको डेब्यू चुनाव नै 'हेबिवेट' नेतासँग हुँदै छ । उनी माओवादीका लागि 'सुरक्षित' मानिएको क्षेत्र गोरखा–२ बाट पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भिड्दै छन् । स्थानीय तहको चुनावको नतिजा हेर्दा प्रचण्ड सबैभन्दा सुरक्षित उमेदवारमध्येका एक हुन् । 

माओवादी जनयुद्धको आधार, क्रान्तिको  रूपरेखा, अध्यापन गरेको भनेर प्रचण्डले गोरखाली मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

युवा उमेदवार अब्दुस चाहिँ आफूलाई युवा र संसद्मा नयाँ विषय उठाउने भन्ने एजेन्डाका साथ चुनावमा उत्रिएका छन् । अब्दुस अहिले एमालेले प्रतिनिधिसभामा उठाएका सबैभन्दा कान्छा उमेदवार हुन् ।

KFC Island Ad
NIC Asia

माओवादीले जनयुद्धको रणनीति बनाएको भनेर प्रचण्डले त्यहाँका मतदातासँग सहानुभूति मागिरहँदा अब्दुसले भने आफूहरू पृथ्वीनारायण शाहका सहयोगी वंशको प्रतिनिधि भएको बताइरहेका छन् ।

लिगलिगकोटको दौड जितेर तत्कालीन गोरखाका राजा बनेका द्रव्य शाहको घरमुनि आफ्नो घर रहेको उनको दाबी छ । द्रव्य शाहपछिका १० औँ राजा पृथ्वीनारायण शाहलाई आफ्नो पुस्ताले सहयोग गरेको अब्दुस बताउँछन् । 

Royal Enfield Island Ad

पूर्व प्रधानमन्त्री बाबुरा भट्टराईले 'सुरक्षित' मानिएको क्षेत्र छाडिदिएपछि प्रचण्डले 'रिल्याक्स' महसुस गरेका छन् । साथै उनी भावुक पनि बनिरहेका छन् । यतिसम्मकि गोरखालाई उनले 'चिनकाङसाङ' भनेका छन् । 

उनले आफू गोरखामा अन्तिम 'युद्ध' लड्न आएको पनि बताएका छन् । आफ्नो युवाकाल बितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको भन्दै उनी मतदाता फकाउनमा व्यस्त छन् ।

अब्दुस भने गोरखामा बाबुरामलाई जति माया प्रचण्डलाई नगर्ने र आफू युवापुस्ताको, भविष्य बोकेको युवा उमेदवार भएको हुँदा गोरखालीको प्रेमले चुनाव जित्ने दाबी गर्छन् ।

“प्रचण्डलाई मन नपराउने मतदाताले मत मलाई दिन्छन् भन्ने आश छ,” कुराकानीमा उनले भने, “प्रचण्डले गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री भएर के हुन्छ ? बाबुराम भट्टराई पनि गोरखाबाटै जितेर प्रधानमन्त्री बन्नुभएको हो । प्रचण्डले सिरहाबाट पनि जित्नुभएको हो । ती ठाउँ के भए त ? त्यसकारण गोरखाबाट जितेर के हुन्छ ?”

उनी प्रचण्डलाई जिताउनुपर्ने कुनै कारण नभएको बताउँछन् । बरु आफूलाई जिताउनपर्ने हजार कारण रहेको उनको जिकिर छ । 

उमेदवारी दिएपछि प्रचण्डले जनक्रान्तिको सुरुवात गोरखाबाटै भएको भन्दै गोरखासँगको आफ्नो साइनो मतदातालाई सुनाए । गोरखाबाट चुनाव लड्दैगर्दा त्यहीँको कुनै विद्यालयमा अध्यापन गरेको प्रसंग ल्याएर आफू गोरखाका लागि नयाँ व्यक्ति नभएको उनको भनाइ थियो । 

तर, प्रचण्डको अभिव्यक्तिलाई अब्दुस प्रतिवाद गर्छन् ।

उनले भने, “प्रचण्डले मैले क्रान्तिको रूपरेखा गोरखामा बसेर कोरेको हो भन्नुभएको छ । के विश्वविद्यालयको नक्सा डिजाइन गरेको हो र यहाँ बसेर ? प्रचण्डले गर्दा कत्रो विश्वविद्यालय बन्यो होइन ? जिताउनुपर्छ,” उनले भने, “हतियारको भण्डार बन्यो र हतियार प्रयोग भएर गोरखाली नै मरे । देशमा मान्छे मरे । त्यसैले, गोरखाले प्रचण्डलाई जिताउनुपर्ने कारण नै छैन । अब्दुसलाई जिताउने हजार कारणहरू छन् । यो कुरा मैले एकदम बलियोका साथ भन्ने गरेको छु ।”

स्थानीय तहको नतिजा हेर्ने हो भने एमाले भन्दा सत्ता गठबन्धन झन्डै आठ गुणा बढी मतान्तरले अगाडि छ । स्थानीय तह चुनावको मत देखेर प्रचण्ड 'रिल्याक्स' महसुस गर्दैछन् ।

अब्दुस भने आफू युवा र स्पष्ट एजेन्डासहित आएकाले जनताले साथ दिने बताउँछन् । कम उमेरमा चुनाव लडिरहेको युवा र वर्षौंदेखि चुनाव लडिरहेका प्रचण्डको तुलना मतदाताले नै गर्ने उनको भनाइ छ । आफूले स्थानीयबाट सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro