काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोखरेलले विकास, समृद्धि, राष्ट्र र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताएकी छन् ।
आइतबार क्षेत्र नं. २ मा घरदैलोको क्रममा नवदुर्गा टोल सुधार समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राप्रपा आफूलाई ‘हार र जित’को सवाल नभएको भन्दै आगामी पाँच वर्ष क्षेत्र नं. २ का जनताको काम निश्वार्थ गर्न पठाएको बताइन् ।
“एकदम म डटेर, कसम खाएर मेरो हार, जितको मलाई मतलब छैन । म काम गर्नै आएको हो । काम गरेरै छाड्छु । जित्छु पनि,” पोख्रेलले भनिन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् ।