site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छठ पर्व : अपराह्न ४ बजे राष्ट्रपति भण्डारी कमलपोखरी जाने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आज छठ पर्वको अवसरमा अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरीमा जाने भएकी छन् । कमलपोखरी छठ पूजा समितिको निम्तोमा पूजाका लागि पुग्ने भएकी हुन् ।

समितिका अध्यक्ष राजेन्द्र सिंहले काठमाडौं महानगरपालिकासँग अनुमति लिएर छठको तयारी पूरा गरेको बताए । समितिले हरेक वर्षको छठ पर्वमा राष्ट्रपतिलाई निम्तो दिँदै आएको छ । साथै, प्रधानमन्त्री र काठमाडौं महानगरपालिकाका मेयर पनि कमलपोखरी पुग्ने छन् ।

Agni Group
NIC Asia

सूर्य उपासनासँग सम्बन्धित तराईमा मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । काठमाडौंको कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र बिहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् ।

श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाइ गरेको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu