site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल च्याम्पियनस लिगको नकआउट चरणमा

काठमाडौं । मोहम्मद सालाहले च्याम्पियन्स लिगमा गोल गर्नेक्रमलाई जारी राखेको खेलमा लिभरपुलले बुधबार राति आयाक्सलाई ३–० ले हराउँदै प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गरेको छ । 

अघिल्लो साता सबैभन्दा कम अन्तरालमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएका सालाहले पछिल्लो चार च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गएराति सालाहले ४२औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ४९औँ मिनेटमा डार्विन नुनेजले अग्रता दोब्बर बनाए । ५२औँ मिनेटमा हार्भे इलियोटले अर्को गोल थपेपछि लिभरपुलले जित पक्का गरेको हो । 

जितसँगै लिभरपुलले नकआउट चरणमा स्थान पक्का गरेको हो । समूह चरणमा एक खेल बाँकी हुँदा १२ अंक जोडेको लिभरपुल समूह ‘ए’को दोस्रो स्थानमा छ ।

Global Ime bank

यस समूहबाट यसअघि नकआउट चरणमा स्थान पक्का गरिसकेको नेपोली १५ अंकका साथ शीर्ष स्थानमा छ । हारसँगै नेदरल्यान्ड्सको क्लब आयाक्स प्रतियोगिताबाट बाहिरिएको छ । आयाक्सको तीन अंकमात्र छ । पुछारको रहेको रेन्जर्स अंकविहीन छ । 

गएराति नै इटालियन क्लब नेपोलीले रेन्जर्सलाई ३–० ले हराएको थियो । इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा रहेको नेपोली जारी सिजन अपराजित छ । नेपोलीको जितमा जियोभानी सिमोनीले दुई गोल गरे भने लियो ओष्टिगार्डले एक गोल गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय