site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनूस्
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभा सदस्यहरूलाई अनुरोध गरेका छन् । 

शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभा बैठक सदस्यहरूले बहिष्कार गरेपछि मेयर बालेनले यस्तो आक्रोश पोखेका हुन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले तीनजना नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् । 

“काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,” उनले लेखेका छन्, “नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन ।” 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro