site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायी सडकमा
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायी सडक आन्दोलनमा उत्रने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै आइतबार चरणबद्ध सडक आन्दोलनको घोषणा गरेको हो ।

महासंघले गएको जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणका निम्ति ‘अल्टिमेटम’ दिएको थियो । तर, सरकारले मागको सुनुवाइ नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

विगत १० वर्षदेखि क्रसर उद्योग नवीकरण नगरिँदा यो व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । नवीकरण गर्न पटक–पटक सरकारसँग माग गर्दा समेत बेवास्ता गरिएको उनको भनाइ थियो ।

उनले सरकारले व्यवसायीका माग सम्बोधन गरेको खण्डमा विधिगत रूपमा काम गर्न तयार रहेको बताए । क्रसर उद्योगीका समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न उनले माग गरे ।

Global Ime bank

उनले सरकारले क्रसर उद्योगीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । क्रसर नवीकरणको समस्या दीर्घकालीन समाधानका निम्ति वार्ता समिति बनाउन उनले ध्यानाकर्षण गराए ।

क्रसर उद्योग नवीकरण नगरिँदा उद्योगी मात्र नभएर यसमा काम गर्ने श्रमिक समेत समस्यामा परेका उनले जानकारी गराए । कानुनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement