site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘ग्रुप अफ डेथ’ मा स्पेन र इटालीको जित

काठमाडौं । युरो–२०२४ को ‘ग्रुप अफ डेथ’ का रूपमा परिचिति समूह ‘बी’ मा स्पेन र साविक विजेता इटालीले विजयी सुरुआत गरेका छन् । 

शनिबार राति भएको समूहको पहिलो खेलमा स्पेनले क्रोएसियाविरुद्ध ३–० को सहज जित निकालेको हो । बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन कप्तान अल्भारो मोराटा, फाबियन रुइज र ड्यानी कार्भाहालले गोल गरे ।

Dabur Nepal
NIC Asia

स्पेनले तीन गोल नै पहिलो हाफमा गरेको थियो । खेलको २९औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । ३२औँ मिनेटमा रुइजले स्पेनको अग्रता दोब्बर पारे । यस्तै, पहिलो हाफको इन्जुरी समयमा कार्भाहालले गोल गर्दै स्पेनलाई ३–० को अग्रतामा राखेका थिए । 

यसपछि दोस्रो हाफमा गोल हुन नसक्दा स्पेनले सहज जितबाट प्रतियोगिताको सुरुआत गरेको हो । 

आइतबार बिहान भएको समूहको दोस्रो खेलमा साविक विजेतासमेत रहेको इटालीले अल्बानियाविरुद्ध २–१ को जित निकालेको हो ।

सिंगल इदुना पार्कमा भएको खेलमा इटालीलाई जित दिलाउन एलेसान्ड्रो बास्टोनी र निकोलो बरेल्लाले गोल गरे । अल्बाबियाका नेदिम बजरामीले गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै बजरामीको गोलमा अल्बानियाले अग्रता बनाएको थियो । तर, अल्बानियाको यो अग्रता लामो समय टिक्न भने सकेन । ११औँ मिनेटमा बास्टोनीको गोलमा इटाली खेलमा फर्किएको थियो । यस्तै, १६औँ मिनेटमा बरेल्लाले गोल गरेपछि इटालीले २–१ को अग्रता बनाएको थियो । यसपछि थप गोल नहुँदा साविक विजेताले विजयी सुरुआत गरेको हो ।

जितसँगै समूहमा तीन अंक जोडेको इटाली तालिकाको दोस्रो स्थानमा छ । समान तीन अंक नै जोडेको स्पेन गोलआधारमा इटालीभन्दा माथि छ । तालिकाको तेस्रो स्थानमा अल्बानिया र चौथो स्थानमा क्रोएसिया छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro