site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलिया अपराजित, स्कटल्यान्डलाई पछि पार्दै इंग्ल्यान्ड सुपर–८ मा

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा समूह ‘बी’बाट अस्ट्रेलिया शतप्रतिशत नतिजासहित सुपर–८ मा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेपछि अस्ट्रेलिया अपराजित बनेको हो ।

अस्ट्रेलियाको जितले स्कटल्यान्ड समूह चरणबाटै बाहिरिँदा साविक विजेता इंग्ल्यान्ड सुपर–८ मा प्रवेश गरेको छ । इंग्ल्यान्डले स्कटल्यान्डलाई नेट रनरेटमा पछि पारेको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य अस्ट्रेलियाले दुई बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । 

अस्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेडले ६८ रन बनाए । हेडले ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै २९ बलमा नौ चौका र दुई छक्कासहित ५९ रन बनाए । टिम डेविडले अविजित २४ रन थप्दा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

स्कटल्यान्डका मार्क वाट र सफयान सरिफले समान दुई विकेट लिए । ब्राड ह्विलले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले ६० रन बनाएका थिए । कप्तान रिची बेरिङ्टनले ४२, ओपनर जर्ज मुन्सेले ३५ र म्याथ्यु क्रसले १८ रन थपे ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले दुई विकेट लिए । एस्टोन अगर, नाथन इल्स र एडम जाम्पाले समान एक विकेट हात पारे ।

जितसँगै चार खेलबाट आठ अंकसहित अस्ट्रेलिया सुपर–८ मा प्रवेश गरेको हो । अस्ट्रेलियाको जितबाट राहत पाएको इंग्ल्यान्डले समान अंक भए पनि रनरेटमा स्कटल्यान्डलाई पछि पार्दै समूहको दोस्रो स्थान हासिल गर्‍याे । इंग्ल्यान्ड र स्कटल्यान्डले समान पाँच अंक जोडे । तालिकाको तेस्रो स्थानमा चित्त बुझाएको स्कटल्यान्ड, चौथो स्थानको नामिबिया र पाँचौ स्थानको ओमान भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro