site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतीय मिडियाको आरोप– नेपाली मिडिया चीनको कब्जामा पुगे
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतबाट प्रकाशित हुने ‘द सन्डे गार्जियन’ले नेपाली मिडिया चीनको नियन्त्रणमा गएको बेहोरामा आइतबार एउटा समाचार सामग्री दिएको छ ।

नयाँ दिल्ली डेटलाइनमा अभिनन्दन मिश्रले लेखेको समाचारमा शीर्षक राखिएको छ –‘चीनको छायामुनि : नेपाली मिडिया बेइजिङको नियन्त्रणमा...’
 
चीनले प्रभावकारी रुपमा नेपालको मिडिया अपरेसन नियन्त्रणमा लिएको दाबी गर्दै त्यसमा चीनबारे आलोचनात्मक सामग्रीहरु प्रस्तुत नहुने उल्लेख छ ।  नेपाली भू–भागको अतिक्रमण, काठमाडौंमा राजनीतिक गतिविधिलगायतका कुराहरु मूलधारका नेपाली मिडिया आउटलेटमा नआउने गरेको त्यसमा उल्लेख छ ।

यस्तै, नेपालको रणनीतिक मामिलामा चीनको हस्तक्षेप, भौगर्भिक अतिक्रमण, ऋणले भरिएका लगानीलाई छलेर नेपाली मिडियालाई नयाँ दिल्ली र वाशिङटनविरुद्धमा प्रस्तुत गर्ने गरेको समेत जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्ना गतिविधिलाई छायामा पार्न बेइजिङले अन्य कथा बनाउन लगाउने गरेको समेत सो सामग्रीमा उल्लेख छ ।

नेपालको स्रोत उद्धृत गर्दै सन्डे गार्जियनले यसरी मिडियामा म्यानिपुलेसन (छलकपट) नोभेम्बर २०१६ बाट डिसेम्बर २०१८ सम्म निकै चलेको जनाइएको छ । त्यसपछि पनि निरन्तर चलेको जनाइएको छ ।

Global Ime bank

नोभेम्बर २०२२ सम्म चिनियाँ राजदूतका रुपमा नेपालमा रहेको जनाउँदै उक्त समाचारमा होउ यांकी परम्परागत कूटनीतिज्ञभन्दा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यको रुपमा काम गरेको र मिडिया प्रभावमा जोडजुलुम गरेको तर्क गरिएको छ ।

नेपालका अज्ञात अधिकारी र पत्रकारलाई उद्धृत गर्दै सो सामग्रीमा बेइजिङले तीनवटा माध्यममार्फत समाचार सामग्रीमा प्रभाव पारिरहेको आरोप छ । विगत ५–६ वर्षमा चीनले करिब नौ हजार नेपाली पत्रकारलाई सबै खर्च बेहोरी ‘लर्निङ ट्रिप’मा लगिएको दाबी पनि उक्त समाचारमा गरिएको छ ।

एक वरिष्ठ पत्रकारलाई उद्धृत गर्दै ती पत्रकारले आफू भने कहिल्यै पनि उक्त समूहमा नपरेको चर्चा गरिएको छ ।  तर, चीन भ्रमणमा गएका पत्रकारहरु फर्केपछि के सिकियो वा लाभ लिइयो भन्ने चाहिँ खुलाउँदैनन् । बेइजिङ जहाँ कुनै लोकतन्त्र छैन र अभिव्यक्ति स्वतन्त्रता पनि नभएको समाचारमा उल्लेख छ ।

चिनियाँ प्रभावका पत्रकारका सन्तानलाई चीनका ख्यातिप्राप्त युनिभर्सिटीमा सुरक्षित भर्नाका लागि सहज तथा अझ आर्थिक सहुलियत समेत दिने गरिएको समाचारमा जनाइएको छ । 

विकल्पका रुपमा चिनियाँ सरकार, विभिन्न निकाय जो देख्नमा निजी फर्मलाई छात्रबृत्तिमार्फत शिक्षामा ‘स्पोन्सर्ड’ गरिरहेको जनाइएको छ । 

यसले नेपालका प्रभावशाली पत्रकारहरु बेइजिङको उद्देश्य पूर्तिका लागि सहयोगी भएको उल्लेख छ । चीनका प्रभावशाली सरकार नियन्त्रित मिडियाका जोडाई पनि नेपालसँग रहँदै आएकोलाई मानिएको छ । 

ठूलो फन्ड र अत्याधुनिक उपकरणसहित बेइजिङले चाहेको कुरा प्राप्त गर्नेगरी ती लागेको समेत सो समाचारमा उल्लेख गरिएको छ ।

ती मिडिया इन्टीटीको राडारमा लामो समयदेखि वाशिङटन र नेपालसम्बन्धी नीति खासगरी ५०० मिलियन अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परेको छ । जुन सन् २०१७ मा हस्ताक्षर भएको र फेब्रुअरी २०२२ मा नेपालको संसदले अनुमोदन गरेको थियो ।

यी ५ वर्षमा हिंस्रक प्रदर्शन, रिपोर्टाज धेरैजसो आधारहीन सामग्रीमार्फत वाशिङटनले कसरी नेपाललाई अधिनमा राख्न चाहन्छ भन्ने कुरा प्रचार गरिएको जनाइएको छ । 

सो परियोजना २०१२ मा नेपालको अनुरोधमा नेपालीको जनजीवन सुधारका लागि तथा देशको आर्थिक विकास र सुधारका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन, अमेरिकी सरकारका एजेन्सी लगायतले अघि बढाएको जनाइएको छ ।
विवादमा आएपछि अमेरिकी सरकारले १० बुँदे वास्तविकतासम्बन्धी ‘फ्याक्चुएल सीट’ सार्वजनिक गर्नुपरेको बताइएको छ । जसमा परियोजनाको नेतृत्व, निर्णय गर्न र उपलब्धी हासिल गर्न नेपाली स्टेकहोल्डर्ससँगको जवाफदेहिता, सो विषय सैन्य सम्झौता नभएको उल्लेख गर्नुपरेको थियो ।

त्यसअतिरिक्त संविधानसँग नबाझिएको, यो सहयोग सैन्य तालिम र सहयोगका लागि प्रयोग हुन नसक्ने, यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत नभएको र यो ऋण नभई १०० प्रतिशत अनुदान रहेको बताउनुपरेको उल्लेख गरिएको छ ।

चीनको प्रभाव व्यापक भएका मिडिया प्रचार निस्तेज गर्न वाशिङटनले यो प्रष्टीकरण दिनुपरेको समेत त्यसमा उल्लेख छ ।

पत्रकार तथा ‘भूराजनीतिको भार’ पुस्तकका लेखक बाबुराम विश्वकर्मालाई उद्धृत गर्दै भारत र अमेरिकाबारेको समाचार त्यही मिडियामा व्यापक रुपमा आए पनि चीनबारेमा नआउने गरेको जनाएको सो सामग्रीमा उल्लेख गरिएको छ । 

यस्तै पत्रकार जेबी पुन मगरको एक अनुसन्धान पेपरको हवाला दिँदै चीनले नेपाली मिडियामा घूसपैठ गरेको र कतिपय पत्रकार बेइजिङको प्रवक्ताको रुपमा काम गरिरहेको उल्लेख गरिएको छ ।

‘द सन्डे गार्जियन’ भारतीय पत्रिका हो । राजनीतिज्ञ एम. जे. अकबर त्यसका संस्थापक हुन् । यो आइटीभी नेटवर्कको स्वामित्वमा रहेको छ ।

यसले इन्डिया न्यूज र न्यूज एक्स च्यानल चलाउँछ । यसको सुरुवात ३१ जनवरी २०१०मा नयाँ दिल्लीबाट शुरु भएको हो । जसको प्रिन्ट नयाँ दिल्ली, मुम्बई र चण्डीगढबाट हुन्छ । द सन्डे गार्जियनबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement