site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्रराज, सुरेन्द्र, खगराज र हरि चुमानको दाबी
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशसभाको समानुपातिकतर्फ नेपाली कांग्रेसबाट खसआर्यको एक नम्बरमा रहेका शुक्रराज शर्मा गण्डकीको भावी मुख्यमन्त्रीको आकांक्षी हुन् । लामो समयसम्म कास्की कांग्रेस चलाएका शर्मा कांग्रेसको अघिल्लो अधिवेशनमा भने पराजित हुन पुगे । गत मंसिरमा सकिएको कांग्रेसको १४ औँ महाधिवेशनपूर्वको जिल्ला अधिवेशनमा पनि उनले आफ्ना उमेदवार जिताउन सकेनन् ।

यद्यपि, चतुर राजनीतिज्ञ शर्माले आफूलाई इतर समूहबाट प्रदेश सभापतिको उमेदवार बनाए र जित हासिल गर्दै 'पावर सेन्टर'को रूपमा आफ्नो दबदबा कायमै राखेका छन् ।

कांग्रेस गण्डकीका सभापति उनै शर्मा मुख्यमन्त्रीको 'रेस'मा छन् । समानुपातिकबाट सांसद बनेको अवस्थामा उनको दाबी मुख्यमन्त्रीमा नै रहन्छ ।

KFC Island Ad
NIC Asia

गण्डकीका संस्थापक मुख्यमन्त्री नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ अहिले पनि प्रदेशसभाकै चुनाव लड्न चाहन्थे ।प्रदेशसभाबाट चुनाव जित्ने र पुनः मुख्यमन्त्री बन्ने उनको इच्छा थियो । तर, अन्तिममा उनी प्रतिनिधिसभाको अनिच्छाको चुनाव लड्न पुगे ।

एमालेभित्रको आन्तरिक शक्तिसंघर्षमा प्रदेश आउन चाहेका पृथ्वीसुब्बा प्रतिनिधिसभातिर पुगे । प्रतिनिधिसभामा नै दोहोरिन चाहेका खगराज अधिकारीलाई अहिले एमालेले आफ्नो मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ ।

Royal Enfield Island Ad

एमाले अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीसुब्बालाई संघीय सांसदको टिकट थमाएर संगठन विभाग प्रमुख तथा स्थायी समिति सदस्य खगराज अधिकारीलाई कास्की क्षेत्र नम्बर १ को ‘क’ बाट उमेदवार बनाए । स्थायी समिति सदस्य खगराजले प्रदेशको चुनाव लड्नुको अर्थ हुन्छ, उनी एमालेले सरकार बनाउँदा मुख्यमन्त्रीका निर्विरोध उमेदवार हुनु ।

एमालेबाट प्रदेशसभामा लड्ने अधिकारी नै सिनियर नेता हुन् । कास्की १ (क) बाट प्रदेशसभाको उमेदवार बनेका अधिकारीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीपक कोइराला हुन् । अघिल्लो चुनावमा एकअर्कालाई सहयोग गर्दै बाम गठबन्धनबाट चुनाव लडेका यी दुवैजनाले जितेका थिए ।

यसपटक भने उनै अघिल्लो चुनावका सहयात्री आमनेसामने छन् । गण्डकीमा रोचक प्रतिस्पर्धा हुने क्षेत्रको रूपमा समेत यसलाई हेरिएको छ ।

अधिकारीले आफ्नो चुनावी कार्यक्रममा प्रदेशसभामा प्रत्यक्षतर्फ २२ र समानुपातिकमा १० सिट गरी कुल ३२ सिटसहित एकल सरकार बनाउने दाबी गरिरहेका छन् । गण्डकीमा प्रदेशसभाको सिटसंख्या ६० छ ।

उता, कांग्रेसमा भने मुख्यमन्त्रीको रूपमा सुरेन्द्र पाण्डेलाई हेरिएको छ । गोरखा क्षेत्र नम्बर २ ‘ख’बाट उमेदवारी दिएका सुरेन्द्र पाण्डे प्रदेशमा चुनाव लड्ने सिनियर नेता हुन् । कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माको नाम खसआर्य समूहबाट समानुपातिकको एक नम्बरमा राखिएकाले शर्मालाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको छ ।

तर, राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता भइसकेका र सभापति शेरबहादुर देउवा निकट भएकाले पाण्डेकै पल्ला भारी भएको उनीनिकट नेताहरूले बताउने गरेका छन् । अर्कातर्फ, प्रदेशसभामा कांग्रेसभित्रैको इतर समूहले पनि आफ्नो भागबन्डा माग्ने र अहिले पनि इतर समूहकै मुख्यमन्त्री रहेका कारण प्रदेश सभापति शर्माको दाबी पनि बलियो रहने कांग्रेसकै कार्यकर्ताको विश्लेषण छ ।

समानुपातिकको दोस्रो नम्बरमा बसेका तनहुँका ध्रुव वाग्ले, कास्की क्षेत्र नम्बर २ ‘ख’बाट उमेदवार बनेका गण्डकीका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा पनि मुख्यमन्त्रीको रूपमा चर्चा गरिएका नामहरू हुन् । तर, एमालेको जस्तो गठबन्धनको तर्फबाट अहिलेसम्म यो नै मुख्यमन्त्री भनेर तोकिएको छैन ।

प्रत्यक्षतर्फ १३ ठाउँमा उमेदवारी दिएका माओवादीले पनि चुनावी परिणामपछि मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना उत्तिकै रहेको माओवादीका नेताहरूले बताउँदै आएका छन् । यसअघि माओवादीको तर्फबाट संसदीय दलका नेता हरिबहादुर चुमान अहिले पनि प्रदेशमा चुनाव लडिरहेका छन् । माओवादीले दाबी गरे उनी स्वभाविक रूपले मुख्यमन्त्रीका दाबेदार हुन् । 

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाको सरकार ढलेपछि उनले पनि मुख्यमन्त्रीमा दाबेदारी पेस गरेका थिए । तर, अन्तिममा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । मुख्यमन्त्रीको रूपमा काम गर्न आफू सक्षम र इच्छुक रहेको उनले लुकाएका छैनन् ।

एमालेले गण्डकीका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाबाट उमेदवारी दिएको छ । मनाङको ‘ख’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई छाडेको एमालेले बागलुङ क्षेत्र नम्बर २ को ‘क’मा स्वतन्त्र उमेदवारी दिएका प्रकाश घर्तीलाई सघाएको छ ।

२०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन हुँदा प्रत्यक्षतर्फ एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २, तत्कालीन नयाँशक्ति पार्टी नेपाल १ र स्वतन्त्र उमेदवार १ जनाले चुनाव जितेका थिए ।

समानुपातिकबाट एमालेका १०, कांग्रेसका ९, माओवादीका ३ ,नयाँशक्ति र जनमोर्चाका १/१ सांसद निर्वाचित भएका थिए ।

समग्रमा गठबन्धनमा माओवादीका १३ सिटमा प्रत्यक्ष चुनाव लडेको छ भने कांग्रेस २१ ठाउँमा प्रत्यक्ष चुनावमा होमिएको छ । नेकपा एकीकृत समाजवादीले नवलपुर २(ख) बाट उमेवदार उठाएको छ ।

मनाङ (ख) मा दीपक मनाङे निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थानीय तहको मतका आधारमा हेर्दा गठबन्धन कसिलो भयो भने मुस्ताङबाहेक सबैजसो निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादीका उमेदवार बलियो देखिएका छन् ।

तर, एमालेले हार मानेको छैन । गठबन्धनलाई कमजोर बनाउँदै उनीहरूकै मत चोर्ने एमालेको अभियान छ ।

समानुपातिकमा आफ्नो मत नघट्ने र प्रत्यक्षतर्फ पनि २२ सिट जित्ने दाबीसहित चुनावमा होमिएको एमालेले २०७४ सालको चुनावमा समानुपातिकतर्फ ३ लाख ७३ हजार ५०१ मत ल्याएकाे थियाे । यस्तै, कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादीले १ लाख १९ हजार ५२८, नयाँ शक्ति नेपालले २४ हजार ६२४, राष्ट्रिय जनमोर्चाले १६ हजार ५९२ र राप्रपाले १५ हजार ६४९ मत प्राप्त गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro