site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालबालिकामा मुटुरोग कति जटिल ? अन्य समस्या कस्ता देखा पर्न सक्छन् ? (भिडियो वार्ता) 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा वर्षेनी १८ वर्षमुनिका २० देखि २५ हजार बालबालिकामा मुटुसम्बन्धि विभिन्न समस्या देखिने गरेका छन् । 

बालबालिकामा हुने मुटुरोग दुई प्रकारका हुन्छन् जन्मजत र बाथ मुटुरोग । 

नेपालमा देखिने समस्याहरुमध्ये ६० देखि ७० प्रतिशतमा जन्मजात मुटुरोग देखिने गरेको अस्पतालहरुको तथ्यांकले देखाउँछ ।  

Agni Group
NIC Asia

शिशु अवस्थामा देखिएका मुटुसम्बन्धि कतिपय समस्याहरु उमेर बढेसँगै आफैँ निको भएर जाने प्रकारका पनि हुन्छन्, तर कतिपय समस्याहरुले बालबालिकाको ज्यान पनि जोखिममा पर्नसक्छ । 

जन्मजात हुने मुटुसम्बन्धि समस्या पहिचानका लागि गर्भावस्थामा नै परीक्षण गराउन पनि सकिन्छ । 

Global Ime bank

शिशु जन्मिए पनि दूध नचुस्ने, निलो हुँदै जानेलगायतका केही  लक्षणले मुटुरोगको शंकेत गर्दछन् भने उमेर बढ्दैजाँदा पनि केही लक्षणहरु देखा पर्दछन् । 

विशेषगरी बालबालिकामा पटक पटक ज्वरो आइरहने, टन्सिल दोहोरिइरहनेजस्ता समस्याले बाथ मुटुरोग निम्त्याउन सक्छ । 

कतिपय बालबालिकामा उपचार गरेर ठिक हुने समस्या पनि अभिभावकको लापरवाहीले गर्दा जटिल अवस्थामा पुग्ने गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी बाल मुटुरोग विशेषज्ञ डा. शिल्पा अर्याल त्यसैले खेल्ने पढ्ने उमेरका बालबालिकामा टन्सिलको समस्याले सताइरहे बेवास्ता नगर्न र मुटुरोग विशेषज्ञसँग परामर्श लिन सुझाव दिन्छिन् ।

नेपाली बालबालिकामा मुटुसम्बन्धी कस्ता समस्या बढी देखिने गरेका छन् ? तीमध्ये कस्ता अवस्था जटिल हुन् ?

तीनको उपचार नेपालमै सम्भव छ ?  प्रस्तुत छः यी विविध सन्दर्भमा डा. अर्यालसँग बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको भिडियो कुराकानी :  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu