site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमन्ड र बायर्नको सहज जित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । इङ्ल्यान्डका जुडे बेलिङ्घमको दुई गोलप्रेरित बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगामा भीएफबी स्टुटगार्टमाथि ५–० को सहज जित दर्ता गरेको छ । 

डर्टमन्डले घरेलु मैदानमा पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो । बेलिङ्घमको गोलबाट डर्टमण्डले दोस्रो मिनेटमै अग्रता लिएको थियो । १३ औं मिनेटमा निकलस सुलले अग्रता दोब्बर बनाए । 

Agni Group
NIC Asia

४४ औं मिनेटमा जियोभानी रेयनाले तेस्रो गोल थपे । ५३ औं मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो थपे । ७२ औं मिनेटमा युसोफा मौकोकोले अर्को गोल थपेपछि डर्टमन्डले सहज जित हासिल गरेको हो । 

जितपछि ११ खेलबाट १९ अंक जोडेको डर्टमन्ड पाँचौँ स्थानमा उक्लिएको छ । पराजित स्टुटगार्ट ८ अंकका साथ रेलिगेसन क्षेत्रमा छ । 

Global Ime bank

गएराति नै साविक विजेता बायर्न म्युनिखले होफिनहेइमलाई २–० ले हरायो । बायर्नका लागि जमाल मुसिएलाले १८ र इरिक म्याक्सिम चौपो–मोटिङले ३८ औं मिनेटमा गोल गरे । जितसँगै ११ खेलबाट २२ अंक जोडेको बायर्न दोस्रो स्थानमा छ । होफिनहेइम १७ अंकका साथ सातौं स्थानमा छ । 

बुन्डेसलिगामा शनिबार राति नै फ्रेइबर्गले वेर्डर ब्रेमनलाई २–० ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । फ्रेइबर्गले २१ अंक जोडेको छ । जुन दोस्रो स्थानको बायर्नभन्दा एक र शीर्ष स्थानको युनियन बर्लिनभन्दा दुई अंकले पछाडि हो । तर, युनियन बर्लिनले एक खेल कम खेलेको छ । 

इन्ट्राचट फ्रांकफर्टले बोरुसिया मोन्चेनग्लाडबचलाई ३–१ ले हराउँदै चौथो स्थानमा उक्लियो । फ्रांकफर्टले २० अंक जोडेको छ । पराजित मोन्चेनग्लाडबचले १६ अंकका साथ नवौं स्थानमा छ । 

आरबी लाइपजिग र औसबर्गले ३–३ को बराबरी खेले । मेइन्जले कोलिनलाई ५–० ले हरायो । मेइन्ज छैटौं स्थानमा छ भने कोलिन दशौं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय