site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा गएकाले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिन पाउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले जारी गरेको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले असार २७ देखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणमा ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

Dabur Nepal
NIC Asia

कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेकाले आवेदकले प्रतिकित्ता ५० कित्तादेखि २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ४१ हजार ४० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

कम्पनीको आईपीओ भर्न रेमिट्यान्स खाता भएको हुनुपर्नेछ । उक्त खाता मेरो सेयर सफ्टवेयरमा जोडी उक्त आवेदन भर्न सकिनेछ ।

सेयर निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी भन्ने बुझाउँछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro