site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् कोपा अमेरिकाको क्वार्टरफाइनल पुगेका आठ टिम, ब्राजिलको प्रतिद्वन्द्वी उरुग्वे
Tiktok banner adTiktok banner ad

काठमाडौं । समूह चरणको अन्तिम खेलमा ब्राजिल र कोलम्बियाको खेलसँगै अमेरिकामा जारी कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार बिहान लेभिस रंगशालामा भएको खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेपछि दुवै टिमले क्वार्टरफाइनलमा स्थान निश्चित गरे । कोलम्बिया समूह ‘डी’को विजेता बन्दा ब्राजिल समूह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अन्तिम–८ मा साविक विजेता अर्जेन्टिनासँगै, ब्राजिल, उरुग्वे, कोलम्बिया, इक्वेडर, भेनेजुयला, क्यानडा र पानामाले स्थान बनाएका छन् । प्रतियोगिताका क्वार्टरफाइनलका खेल जुलाई ५ देखि सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना समूह ‘ए’को विजेता र इक्वेडर समूह ‘बी’को उपविजेताको रुपमा अन्तिम–८ मा प्रवेश गरेका हुन् ।

यस्तै, भेनेजुयलाले क्यानडाविरुद्ध खेल्नेछ । भेनेजुयला समूह ‘बी’को विजेता र क्यानडा समूह ‘ए’को उपविजेता हुन् ।

समूह ‘सी’को विजेता उरुग्वेले समूह ‘डी’को उपविजेता ब्राजिलसँग खेल्नेछ । यी दुई टिमबीचको खेल जुलाई ७ मा हुनेछ ।

समूह ‘डी’को विजेता कोलम्बियाले समूह ‘सी’को उपविजेता पानामासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको ४८औँ संस्करण जारी रहँदा अर्जेन्टिना र उरुग्वे यो महादेशीय प्रतियोगिताको सबैभन्दा सफल टिम हुन् । यी दुवै टिमले हालसम्म समान १५ पटक प्रतियोगिताको उपाधि जितेका छन् । 

ब्राजिलले हालसम्म नौ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । पेरु, चिली र पराग्वेले समान दुई पटक उपाधि जित्दा कोलम्बिया र बोलिभियाले समान एक पटक प्रतियोगिताको उपाधि जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro