site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रोपटक स्वर्ण
SkywellSkywell

काठमाडौं । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । 

Dabur Nepal
NIC Asia

अमृतले स्वासमा लगातार तेस्रोपटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

अमृतले पहिलो सेट १२–१० ले जितेका थिए । उनले दोस्रो सेट ८–११ को स्कोरमा गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा जितेका अमृत चौथो सेटमा ९–११ ले पराजित भए । निर्णायक सेटमा अमृतले ११–८ ले लिँदै स्वर्ण पदक जितका हुन् ।

यस स्पर्धामा वाग्मतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले काश्य पदक जिते ।

पुरुष टिम इभेन्टको खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीले बताए । 

भण्डारीका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu