अर्थ व्यवसाय
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्तापुँजीको २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा करसमेत गरी १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्