site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङका नयाँ वासिङ मेसिन नेपालमा

काठमाडौं । सामसङले नेपाली बजारमा १२ केजी क्षमताका दुई नयाँ विस्पोक एआई वासिङ मेसिन नेपालमा सार्वजनिक गरेको छ । वासिङ मेसिन स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने एआई प्रविधि जडान भएको कम्पनीको दावी छ ।

मेसिन एआई इकोबल जस्ता स्मार्ट प्रविधिमा आधारित यी मेसिनले आफैँ लुगालाई कस्तो किसिमले धुनुपर्छ भनेर पहिचान गर्न सक्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

१२ केजीसम्मको क्षमता भएकाले एकैपटक धेरै लुगा छिटो र सुरक्षित रूपमा धुन सकिने कम्पनीले जनाएको छ । वासिङ मेसिन बनाउँदा नै कम ठाउँ ओगट्ने कुरामा ध्यान दिइएको भन्दै कम्पनीले सानो घरमा पनि सजिलै राख्न सकिने जनाएको छ । साथै मेसिनहरूले कम ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ ।

यसअन्तर्गत बजारमा दुई मोडेलका विस्पोक वासिङ मेसिन आएका छन् । डायल कन्ट्रोल भएको डब्लूडब्लू१२डीजी५बी२४एएक्सआईएम र एलईडी डिस्प्ले भएको डब्लूडब्लू१२डीजी६बी२४एबीआईएम मोडलको मूल्य क्रमशः एक लाख १४ हजार ९९० रुपैयाँ र एक लाख २० हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro