site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोकर्ण फरेस्ट रिसोर्टमा ‘एसयूभी जेइको जे सिक्स’को अफ–रोड टेस्ट ड्राइभ

काठमाडौं । विद्युतीय सवारी कम्पनी ओमोडा एन्ड जेइकोले गोकर्ण फरेस्ट रिसोर्टको अफ–रोड ट्रयाकमा ‘जेइको जे सिक्स’को टेस्ट ड्राइभ गरिएको छ ।

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले शनिबार ‘जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर) टेस्ट ड्राइभ–एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ आयोजना गरेको हो ।

‘टेस्ट ड्राइभ’ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको कम्पनीको दाबी छ ।

ट्रयाकलार्ई वास्तविक अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स लगायत राखिएका थिए । उक्त ट्रयाकमा जे सिक्सले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा डर्ट–ट्र्याक च्यालेन्जका अलावा सहभागीहरू निःशुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ लगायत क्रियाकलापमा सहभागी भएका थिए ।

नयाँ जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिमसहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स लगायत विभिन्न सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

९ वटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज रहेको कम्पनीको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro