site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भागवतलाई मिलाउन धनराजले महेशलाई टिकट दिए, मेखलालका लागि गोपालमानले झगडै गरे
SkywellSkywell

पोखरा । आइतबार भएको मनोनयन दर्ताका क्रममा स्याङ्जाका प्रतिनिधिसभाका दुई तथा प्रदेशसभाका चारवटै क्षेत्रमा कांग्रेसका उमेदवारले उमेदवारी दिए । जबकि गठबन्धनबाट चुनाव लड्दा प्रदेशसभाका दुईवटा क्षेत्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको थियो । 

तर, कांग्रेसका केन्द्रीय उपसभापति, पूर्व केन्द्रीय उपसभापति, जिल्ला सभापति र सभापतिका प्रत्यासीको स्वार्थ मिलेपछि गठबन्धनका उमेदवारलाई बेवास्ता गर्दै सबै क्षेत्रमा कांग्रेसले उमेदवारी दियो ।

प्रदेशसभाका दुईवटा क्षेत्रको विवाद जिल्लामा नमिल्ने देखिएपछि केन्द्रमा पुगेको छ । बुधबार दिउँसो ३ बजेसम्म उमेदवारी फिर्ता लिने समयसीमा भएकाले स्याङ्जामा गठबन्धनका तर्फबाट प्रदेशसभाको उमेदवार को हुन्छ भन्ने अझै यकिन भएको छैन ।

KFC Island Ad
NIC Asia

अब बालुवाटार र खुमलटारले नै यहाँ विवाद देखिएको क्षेत्र १ (क) बारे निर्णय गर्नेछ ।

यो क्षेत्रबाट यसअगाडि गण्डकी सरकारका वनमन्त्री माओवादी केन्द्रका दीपक चर्तीले चुनाव जितेका थिए । गण्डकी सरकारकै शिक्षामन्त्री मेखलाल श्रेष्ठको चुनावी क्षेत्र पनि यही हो । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले प्रत्यक्षमा टिकट नपाए संसदीय राजनीतिको च्याप्टर क्लोज हुने अवस्था थियो । अर्कातर्फ यो क्षेत्रबाट यसअगाडि माओवादीले जितेकाले माओवादीको पनि अडान कायमै थियो ।

Royal Enfield Island Ad

माओवादीले यहाँबाट अमृता थापामगरले उमेदवारी दर्ता गराएकी छन् ।

गठबन्धनबाट सिट बाँडफाँट गर्न बनेको कार्यदलले नै यसअगाडि जितेको क्षेत्र सोही पार्टीलाई दिन सहमतिमा पुगेकाले यो क्षेत्र आफूले पाउनेमा माओवादी ढुक्क थियो । तर, मनोनयनको दिन बिहान मन्त्री श्रेष्ठ काठमाडौंबाट टिकट बोकेर आए । मनोनयन पनि दर्ता गराए ।

गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको क्षेत्रमा कांग्रेसका उमेदवारले पनि टिकट पाएपछि उमेदवारी दर्ता गर्ने क्रममा दुवै उमेदवारले आ–आफ्नो टिकट देखाएका थिए ।

गण्डकीका मन्त्री श्रेष्ठ तत्कालीन कांग्रेस उपसभापति तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए । मेखलाल ०७४ मा समानुपातिक सांसद बन्नुमा पनि उनै गोपालमानको जोडबल थियो । त्यतिबेला स्याङ्जा २ बाट प्रतिनिधिसभा लडेका गोपालमान एमालेकी पद्या अर्यालसँग पराजित भएका थिए ।

उनले समानुपातिकमा नाम राखिदिएका मेखलाल चाहिँ पछि गण्डकी सरकारकै मन्त्री बन्न पुगे ।

अहिले पनि मेखलाले टिकट पाउनुमा उनै गोपालमानको जोडबल रहेको त्यहाँका एक नेता बताउँछन् ।

“भन्न त मेखलालज्यूले आफैँले शेरबहादुर देउवासँग झगडा गरेर टिकट ल्याएँ भन्नुभएको छ । तर भित्री कुरा चाहिँ गोपालमानकै जोडबलमा उहाँले टिकट पाउनुभएको हो,” ती नेताले भने ।

ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग मेखलालबारे गोपालमानको झगडा नै परेको थियो ।

“अरूले भनेकोलाई टिकट दिने मैले भनेकोलाई नदिने भन्दै गोपालमान देउवासँग झोक्किए । देउवाले त्यो क्षेत्रको उमेदवार को हो भनेर सोध्दा गोपालमानले कोही छैन भनेर भनेछन् । त्यसपछि नै मेखलालले टिकट पाएका हुन्,” ती नेताले भने, “कार्यदलले नै उक्त क्षेत्र माओवादीलाई दिने सहमति गरेको थियो । तर सबै क्षेत्रको जानकारी सभापतिलाई भएन होला, त्यही मेसोमा मेखलालले टिकट पाएका हुन् ।”

गोपालमान श्रेष्ठ अहिले आफू प्रत्यक्ष चुनाव लडेका छैनन् । उनी आदिवासी जनजातितर्फ समानुपातिक सूचीको एक नम्बरमा छन् ।

स्याङ्जाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये एकमा जिल्ला सभापति राजु थापा उमेदवार छन् भने दुईमा केन्द्रीय उपसभापति धनराज गुरुङ उमेदवार बनेका छन् ।

जिल्ला नबस्ने, अनि अर्को क्षेत्रमा गएर चुनाव लड्न खोज्दा स्याङ्जा कांग्रेसकै कार्यकर्ताले धनराजलाई टुरिस्ट कार्यकर्ता भन्दै चर्को विरोध गरेका थिए । धनराजको ठाउँमा जिल्ला सभापतिका प्रत्यासी तथा प्रदेशसभा सदस्यमा विजयी भएका भागवतप्रकाश मल्ल चुनाव लड्न चाहन्थे ।

तर, कांग्रेस र गठबन्धनको बलमा संसदीय बोर्डमा रहेका उपसभापति गुरुङ आफैँले अर्को क्षेत्रमा गएर भएपनि चुनाव लड्ने आकांक्षा राखे । क्षेत्र नम्बर २ को टिकट पनि आफैँले पाए ।

उनले टिकट पाउँदैगर्दा कांग्रेसभित्रको आन्तरिक शक्तिसंघर्ष मिलाउन गुरुङले मल्ललाई हात लिनैपर्थ्यो । अघिल्लोपटक स्याङ्जा २ (ख) बाट निर्वाचित मल्ललाई धनराजले फेरि प्रदेशमा नै लड्न आग्रह गरेका थिए । तर, मल्लले मानेनन् ।

“भागवतप्रकाश मल्लले आफू प्रदेशसभा नलड्ने तर आफ्ना मान्छेलाई टिकट दिनुपर्ने अडान राख्नुभयो । शक्ति सन्तुलन मिलाउन र चुनाव जित्नका लागि मल्लको मान्छेलाई टिकट दिन धनराज सहमत भए,” ती कांग्रेस नेताले भने ।

मल्लको जोडबलमा स्याङ्जा २ (ख) मा महेश भट्टराईले टिकट पाएका छन् ।

“मैले भनेको मान्छेलाई टिकट दिनुहोस् । म चुनाव जिताइदिन्छु भनेर मल्लले गुरुङलाई भनेपछि भट्टराईले टिकट पाएका हुन्,” उनले भने ।

क्षेत्र नम्बर २ मा मल्ललाई सेटल गरेपछि कांग्रेसभित्र धनराजको पक्षमा सकारात्मक माहोल बनेको उनले बताए ।

यता, राजु थापा चुनाव लड्ने क्षेत्र नम्बर २ (क) एकीकृत समाजवादीको भागमा परेको थियो । समाजवादीका तर्फबाट रामचन्द्र भट्टराईले उमेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट भोजराज अर्यालले पनि उमेदवारी दिएका छन् ।

अर्याल जिल्लामा सभापति थापा निकटका मानिन्छन् । तर, उनलाई गोपालमान श्रेष्ठले रुचाउँदैनन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन लागेको भनेर श्रेष्ठ अर्यालसँग रुष्ट छन् । थापाले अर्याललाई च्यापेकै कारण गोपालमानले पनि अर्को क्षेत्रमा मेखलालका लागि देउवासँग झगडा गरेका हुन् ।

“आफ्नो स्वार्थका लागि अहिले सबै मिले, हामी चाहिँ बाहिर पर्‍यौँ,” ती नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro