site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्ताङ कांग्रेसमा ‘निषेधको राजनीति’ : रोमी आफूले छाडेर छोरालाई बनाए उमेदवार
SkywellSkywell

पोखरा । आफूबाहेक कांग्रेसको राजनीतिमा अरुलाई निषेध गर्ने रोमी गौचनको राजनीतिका कारण कुनै समय कांग्रेसको उर्वरभूमि रहेको मुस्ताङमा गत निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सबै क्षेत्र गुमाउन पुग्यो । 

कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका प्रेमप्रसाद तुलाचनले प्रतिनिधिसभाको चुनाव जिते भने प्रदेशमा एमालेकै इन्द्रधारा ढाडु विष्ट र महेन्द्र थकालीले चुनाव जिते । कांग्रेसका सबै उमेदवार पराजित हुन पुगे । 

KFC Island Ad
NIC Asia

एमाले प्रवेश गर्नुअघि ती सबैजना कांग्रेसमा नै थिए । तर, जिल्लाको राजनीतिमा उक्लिनै नदिने र निरन्तरको पेलानमा परेपछि आजित भएर उनीहरुले पार्टी फेर्न पुगेका थिए । अहिले पनि मुस्ताङ कांग्रेसमा गौचन नै हाबी छन् ।

हाल मुस्ताङ कांग्रेस सभापति रहेका गौचनको नाम समानुपातिक सूचीमा थियो । ३५ औँ नम्बरमा नाम रहेका उनले पछि फिर्ता लिएका छन् ।

Royal Enfield Island Ad

आफूले नाम समानुपातिकबाट फिर्ता लिए पनि प्रतिनिधिसभामा चाहिँ उनले आफ्नै छोरा योगेश गौचन थकालीलाई अगाडि सारेका छन् । २८ वर्षीय थकाली कांग्रेसका तर्फबाट देशभरिकै कान्छो उमेदवार रहेको दाबी गरिएको छ ।

एमालेले चाहिँ प्रतिनिधीसभामा तुलाचनलाई नै दोहोर्‍याएको छ । तुलाचनले नै अघिल्लो चुनावमा गौचनलाई हराएका थिए । यसपटक भने पूर्वमन्त्री गौचनले आफू नउठी आफ्नै छोरालाई संसदीय राजनीतिमा प्रत्यक्षतर्फ डेब्यू गराएका हुन् ।

योगेश पनि बाबुसँगै सक्रिय राजनीतिमा छन् । उनी मुस्ताङबाट कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका थिए भने कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिका सदस्य पनि हुन् । पुर्ख्यौली होटेल व्यवसाय चलाइरहेका गौचन ट्राभल्स कम्पनीमा पनि आबद्ध छन् ।

दुई प्रदेशसभा रहेको मुस्ताङमा एमालेले ‘क’ मा इन्द्रधारा विष्ट र ‘ख’ मा चन्द्रमोहन गौचनलाई अघि सारेको छ । कांग्रेसले ‘क’ मा नम्बु गुरुङ र ‘ख’ मा विकल शेरचनलाई उमेदवार बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro