site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिगमा कठिन बन्दै बार्सिलोनाको यात्रा
SkywellSkywell

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना मंगलबार राति इन्टर मिलानसँग पराजित भएपछि च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएको छ ।

गएराति इटालियन क्लब इन्टरसँग १–० ले पराजित भएपछि बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । 

Inter Milan 11664935495.jpg

Dabur Nepal
NIC Asia

पहिलो हाफको अन्तिम समयमा हकन काल्हानोग्लुले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । ६७औँ मिनेटमा बार्सिलोनाका पेड्रीले बराबरी गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता नदिएपछि बार्सिलोना अंक खोस्न असफल भयो । 

Inter Milan21664935607.jpg

पराजित भएपछि तीन खेलबाट तीन अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । विजयी इन्टर ६ अंकका साथ दोस्रो स्थानमा छ भने बायर्न म्युनिख ९ अंकका शीर्ष स्थानमा छ । बायर्नले गएराति भिक्टोरिया प्लाजेनलाई ५–० ले हराएको थियो । 

‘ग्रप अफ डेथ’ मानिएको समूह ‘सी’मा बार्सिलोनाको यात्रा कठिन बन्दै गएको छ । बार्सिलोनालाई अब बाँकी खेल जित्नैपर्ने भएको छ ।

Barca 21664935687.jpg

बार्सिलोना यसअघि बायर्नसँग २–० ले पराजित भएको थियो भने भिक्टोर प्लाजेनलाई ५–१ ले हराएको थियो । बार्सिलोना गत सिजन पनि समूह चरणबाटै बाहिरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu