site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समयमै संसद् भवन निर्माण सक्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निर्देशन
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उनले निर्देशन दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मलाई लाग्छ, समस्या हुँदैन पैसाको कारणले । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लान मिल्ने जति लगौँ,” उनले भने, “सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्नेगरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस् ।”

त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उनले बताए । अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गरे । 

Royal Enfield Island Ad

“संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहे पनि दुईवटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भने पनि हामी बानेश्वर जानु परेन नि,” उनले भने, “त्यो छिटो सुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।”

अध्यक्ष तिमिल्सिनाले कुनै पनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तीव्रता दिनुपर्ने बताए । उनले सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिए । 

“देशका कुनै पनि आयोजना कति छिटो सक्यो, कसरी भइराखेको छ भन्नेकुरा देशको विकासको गति के छ भन्ने बुझ्ने हो,” उनले भने, “सिंहदरबारभित्रको आयोजना त यति पछि पर्छ भने बाहिरका के होला भनेर अनुमान गर्न सकिन्छ नि । अनि हामीले देशको प्रगति, समृद्धिको लक्ष्य कसरी पूरा गर्न सक्छौँ ? त्यसकारण सबै पक्ष गम्भीर हुनुप¥यो ।” 

कुल ५ अर्ब २ करोड रुपैयाँमा वि.सं.२०७६ असोज १६ गते संघीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro